छमछमी नाच्न मिल्ने रोधी खालैमा बोलको चुट्का गीत अब छिट्टै बजारमा आउने तयारीमा छ । कुमाल सांस्कृतिक केन्द्रको संयोजनमा उक्त गीत रेकर्डिङको काम पुरा भएको छ । यस गीतमा सञ्चारकर्मी तथा गायक उद्धब कुमाल र गायिका बिमला कुमालको आवाज रहेको छ । शब्द /लय बिमला कुमाल र संगीत प्रदिप कुमालको रहेको यस गीतलाई हेमन्त शिशिरले एरेन्ज गर्नु भएको हो । एच के रेकर्डिङ स्टूडियो बागबजारमा रेकर्डिङको काम पुरा भएकोले अब छिट्टै तिहार अघि नै बजारमा आउने तयारीमा रहेको छ ।