• Mon. Sep 26th, 2022

मोही मकै खानेछु र स्कुल पढाउनेछु

Byhamroserofero

Aug 24, 2018

 

तिमी विकसित अमेरीकाको वासिङटन हेरौंली ।
मोर्डन बनौली एक वित्ताको स्कर्ट बेरौली
फरक यत्ती हुँने छ
तिमी हील जुत्तामा एसी वाला एयरपोर्ट झरौली
म सिरसिर बताससँगै हात्ती छापमा बेसी झरौला ।

 

तिमी उच्च स्तरको पाँचतारे होटलमा बीयर पीएउली
साँकिरा र माइकल ज्याक्सनको गानामा मस्त बनौली
फरक यत्ती हुँने छ
तिमी तातोतातो पिज्जा खाने छौ र होटलमा भाँडा माझ्नेछौ
म मारुनी गाउने छु, मोही मकै खानेछु र स्कुल पढाउनेछु ॥

 

तिमी कैयौ साथीहरुसँग फेसबुकमा कुरा गरौली
इमेल या च्याटमा रमौली धनी भाको महसुस गरौली
फरक यत्ती हुँने छ
तिमी नेपाल सम्झीसम्झी रुँदैरुँदै हीरा र मोती लगाउली
म गाउँले गरीब र सहयोगी बन्ने छु टोपी या धोती लाउनेछु ।।।

 

– उद्धब कुमाल
भिमसेन गा.पा. –७, क्यामुन्टार
गोरखा

Leave a Reply

Your email address will not be published.