• Mon. Sep 26th, 2022

गोरखामा डेंगु संक्रमितको संख्या बढ्दै

Byhamroserofero

Sep 16, 2022

भदौ ३१ । देशभर डेंगु संक्रमणको त्रास बढिरहेका बेला गोरखामा पनि यसका बिरामी बढिरहेका छन् । स्वास्थ्य कार्यालय गोरखाका अनुसार बिहिबारसम्म गोरखामा ५८ जनामा डेंगु संक्रमण पुष्टि भएको छ ।आर्थिक वर्ष २०७९÷०८० को हालसम्म गोरखामा ५८ जनामा डेंगु संक्रमण पुष्टि भएको स्वास्थ्य कार्यालय गोरखाले जनाएको छ । पछिल्लो तथ्यांक अनुसार काठमाडौँ उपत्यका सहित देशभर डेंगु संक्रमण बढेसँगै गोरखामा पनि यसको प्रभाव र असर बढेको देखिन थालेको हो ।यसबाट एकजनाको मृत्यू भएको पुष्टि भइसकेको छ ।

 

गोरखामा सबै भन्दा धेरै गोरखा नगरपालिकामा ४१ जनामा डेंगु संक्रमण पुष्टि भएको स्वास्थ्य कार्यालय गोरखाका नारायणबाबु अर्यालले बताए । पालुङटार नगरपालिकामा चार जना, भिमसेन थापा गाउँपालिकामा एक जना, गण्डकी गाउँपालिकामा एक जना, आरुघाट गाउँपालिकामा ११ जनामा डेंगु संक्रमण पुष्टि भएको उनले जानकारी दिए । जिल्लाका शहिदलखन, अजिरकोट, बारपाकसुलिकोट र सिरानचोक, धार्चे र चुमनुब्री गाउँपालिकामा भने डेंगु संक्रमण देखिएको छैन । पालिकामा पर्याप्त परिक्षण गर्ने मेसिन र किट नभएको पनि डेंगु संक्रमण विरामीहरु विवरण आइनसकेको उनको भनाइ छ । त्यस्तै गोरखा नगरपालिका भित्र पनि प्राइभेट स्वास्थ्य संस्थामा परिक्षण गरेको डेंगुका विरामीहरुको विवरण आइनसकेको पनि उनले बताए ।

समयमै यसबाट बच्न सावधानका उपायहरु नअपनाए डेंगु संक्रमणको दर अभैm बढ्न सक्ने उनले बताए । डेंगु संक्रमणको दर बढेसँगै स्वास्थ्य कार्यालय गोरखाले जिल्लाका सबै सरोकारवाला नियकायहरुलाई घर भित्र र बाहिर लामखुट्टेको बासस्थान तथा फुल पार्ने ठाउँहरु ‘खोजौँ र नष्ट गरौँ’ अभियान संचालन गरी डेंगु नियन्त्रणमा सहयोग गर्न समेत अपिल गरेको छ ।हाल बढ्दै गएको डेंगु रोकथाम तथा नियन्त्रणका लागि सम्पूर्ण वडा, सरकारी तथा गैरसरकारी कार्यालय, विद्यालय, सहकारी, वैकिङ क्षेत्र, टोल सुधार समिति, आमासमूह, युवा क्लव लगायतका सबै सरोकारवाला निकायलाई अभियान संचालन गर्न अनुरोध गरिएको छ ।सोहि अभियान अनुरुप डेंगु रोग नियन्त्रणका लागि गोरखा नगरपालिकाले पनि भदौ ३१ गतेदेखि असोज ६ गतेसम्म पालिका भित्रका वडा, स्वास्थ्य संस्था, विद्याल र टोल विकास संस्थाहरुलाई सहयोग गर्न आग्रह गरेका छन् । विहिबार सूचना जारी गर्दै डेंगु नियन्त्रण गर्नका लागि लामखुट्टेको वृद्धि तथा विकास सफा र स्थित पानीमा हुने भएकाले आफ्नो घर, विद्यालय, कार्यालय र टोल वरपर लामखुट्टेको फुल पार्न सक्ने सम्भावित स्थानहरु सरसफाई गर्न अनुरोध गरिएको छ ।

Leave a Reply

Your email address will not be published.