• Mon. Sep 26th, 2022

गठबन्धनको भविष्य दलहरूको व्यवहारमा भरपर्छ – नारायणकाजी श्रेष्ठ

Byhamroserofero

Aug 10, 2022

साउन २५, गोरखा । नेकपा माओवादी केन्द्रका नेता नारायणकाजी श्रेष्ठले गठबन्धन कहिलेसम्म रहने भनेर ग्यारेन्टी गर्न नसकिने बताउनुभएको छ । गोरखाको पालुङटारमा २८ औं विश्व आदिवासी जनजाति दिवसका अवसरमा मङ्गलवार आयोजित कार्यक्रममा बोल्दै गठबन्धनको भविष्य सत्तामा रहेका प्रमुख दलहरूको व्यवहारमा भर पर्ने बताउनुभयो ।

गठबन्धन अघि बढाउने बारेमा अहिले गृहकार्य भइरहेको उहाँले बताउनु भयो । प्रतिगमन विरोधी सङ्घर्षका क्रममा पाँच दलीय गठबन्धन बनाएको र सत्तासीन प्रमुख पार्टीहरूले यसलाई ठिक ढङ्गले लैजान सुझबुझ नदेखाए माओवादी यसको ग्यारेन्टी हरहमेशा गर्न नसक्ने उहाँको भनाइ छ । अर्को प्रसङ्गमा नेता श्रेष्ठले नेपालको राष्ट्रियतामा जोखिम हुने गरी कहीँ कतैबाट गतिविधि हुन्छ भने तमासा हेरेर बस्न नसकिने पनि बताउनुभयो । वैदेशिक हस्तक्षेपलाई कमजोर बनाउन राष्ट्रियतालाई अझै बढी सुदृढ गर्नुपर्ने र त्यसका लागि आन्तरिक राष्ट्रिय एकतालाई बलियो बनाउनुपर्ने उहाँको सुझाव रहेको छ ।

आदिवासी, जनजाति, पिछडिएका वर्गको हक अधिकार स्थापित गर्न अझै सङ्घर्ष गर्नुपर्ने अवस्था रहेको भन्दै माओवादी केन्द्रका नेता श्रेष्ठले त्यसका लागि संविधानलाई परिमार्जन गर्दै लैजानुपर्ने पनि बताउनुभयो ।

Leave a Reply

Your email address will not be published.