पागल झैं भौंतारी रहदा हृदयमा ठाउँ दियौं
दुनियाँले पागल भन्थे अर्को छुट्टै नाउँ दियौं
कहाँ जन्मे कहाँ हुर्के अत्तोपत्तो थिएन मलाई
अर्थहीन थियो जिन्दगी ,प्रीति को गाउँ दियौं
यो स्वार्थी दुनियाँमा,मलाई जिउन सिकाएर
जहाँजहाँ चाले कदम, उहीँ तिमीले पाउ दियौं
सम्झाएर समयअनुसार बोल्न र चल्न पनि
कहीँ चप्पल कहीँ जुत्ता त ! कहीँ खराउ दियौं
लाग्छ अब जिन्दगी अवमूल्यन हुनेछैन मेरो
मुल्यहीन लाई मुल्यवान बनाएर भाउ दियौं
तिमीले दिएको यो जीवन तिमीमा समर्पित छ
कहाँ हुन्थे कता हुन्थे मलाई सुध्रने दाउ दियौं
-रामलाल कुमाल
कालिका-७, चितवन