• Mon. Sep 26th, 2022

आदिवासी को हुन् ?

Byhamroserofero

Sep 5, 2018

 

आदिवासी को हुन् ?

 

आदिवासीको सन्दर्भमा संसारभरि एउटै परिभाषाले सम्बोधन गरे पनि यसलाई विभिन्न देशमा भिन्नाभिन्नै ढंगले बुझ्ने र बुझाउने गरिन्छ । जस्तोः छिमेकी मुलुक भारतमा ट्राइबल (Tribal) शब्दले सम्बोधन गरिन्छ भने चीनमा जनजाति (Nationalities) शब्द प्रयोग गरिएको छ । त्यस्तै अष्ट्रेलियामा मूलवासी (Aborigin) क्यानाडामा प्रथम नागरिक (First Citizen)र संयुक्त राष्ट्र संघको दस्तावेजमा आदिवासी जनताहरू (Indigenous Peoples) शब्दले बुझाउने गरिएको छ । यसैले नेपालमा पनि आदिवासी शब्द प्रयोग गरिएको हो । यसमा मूलवासी या आदिवासी भनेर अनावश्यक तर्क गर्नु र विवाद भिकिरहनु आवश्यक छैन ।
जहाँ जुन नामले सम्बोधन गरिएपनि संसारभरिका आदिवासीमाथि राज्यपक्षले गर्ने विभेद, दमन, शोषण र उत्पीडन एकै खालको रहेको छ । सबैभन्दा पहिले गैर आदिवासीहरूबाट उसको पहिचानमाथि आक्रमण गरेको पाइन्छ । यस सन्दर्भमा रंगभेदी आन्दोलनका महानायक नेल्सन मण्डेलाको भनाई स्मरण योग्य छ  – ‘जुनबेला गोराहरू हाम्रो देशमा आए उनीहरूको हातमा बाइबल थियो, हाम्रो हातमा जमीन र राज्यसत्ता थियो । जव हामीले आँखा चिम्लिएर बाइबल समात्यौ, आँखा खोलेर हेर्दा हाम्रो हातमा बाइबल थियो, गोराहरूको हातमा हाम्रो देशको शासन व्यवस्था र जमीन थियो’ । अफ्रिकामा जस्तै नेपालमा पनि सुरु चरणमा दुईवटा बल (सैन्यबल र धर्मबल) को आडमा आदिवासी जीवन पद्दतीलाई तहसनहस पारियो । सत्ता सञ्चालन (सैन्यबल) को जिम्मेवारी क्षेत्री-ठकुरीहरूले लिएका थिए भने हिन्दू राष्ट्र (धर्मबल) को जिम्मेवारी बाहुनले लिएका थिए । यो दुवै बलबाट वर्षौवर्षदेखि नेपालका आदिवासी जनजाति समुदायले उत्पीडन, शोषण, दमन र विभेद भोग्दै आएका छन् । यसलाई खस जातीय अहंकारवाद भनिन्छ ।

आदिवासीको सम्बन्धमा ज–जसले जुन जुन ढंगबाट परिभाषा गरेपनि सारमा तीनवटा तत्वहरूको संयोजनले मात्र आदिवासी शब्दलाई सम्बोधन गर्दछ ।
पहिलो : आदिमकालदेखि बसोबास गर्दै आएको-ऐतिहासिक थाँतथलो भएको जाति ।
दोश्रो : आफ्नो छुट्टै भाषा, धर्म, संस्कृति, परम्परा र मौलिक विशिष्ट पहिचान भएको जाति ।
तेश्रो : वर्तमान राज्यसत्ताबाट उत्पीडन, बहिष्करण र शोषणमा पारिएको जाति ।

त्यसैले उल्लेखित तीन तत्वहरू नभएका अर्थात उल्लेखित मापदण्ड पुरा नगरेका समुदायहरू आदिवासी हुन सक्दैन । यो आदिवासी जनजाति हुनको लागि आवश्यक अन्तर्राष्ट्रिय मापदण्ड पनि हो । स्वभावैले आदिवासीहरूले आफ्नो भूमि छोड्दैनन् जसले गर्दा उनीहरूमा बाह्य संस्कृतिको प्रभाव पर्दैन । यसकारण उसको प्रगति सम्भव हुँदैन र प्रायः ती समुदाय जनजाति अवस्थामै रहन्छन् ।

Leave a Reply

Your email address will not be published.