लुक्लामा समिट एयर विमान दुर्घटना

0
11

तेञ्जिङ हिलारी विमानस्थल लुक्लामा समिट एयरको विमान दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा विमानका सहचालक एस ढुङ्गाना र सुरक्षामा खटिएका पर्यटक प्रहरी (असई) रामबहादुर खड्का रहेको नागरिक उड्डयन प्राधिकरण लुक्लाका इन्चार्ज इमनाथ अधिकारीले जानकारी दिए । लुक्ला एयरपोर्टमा हवाई जहाज र हेलिकोप्टर ठोक्किँदा मृत्यु हुनेहरुको संख्या ३ पुगेको छ ।

लुक्लाबाट रामेछापका लागि बिहान ९ बजेर २० मिनेटमा उड्न लागेको समिट एयरको नाइन एनएएमएच विमान धावनमार्गमा चिप्लिएर दुर्घटना भएको प्रहरीले जनाएको छ । अर्का असई रुद्रबहादुर श्रेष्ठको पनि मृत्यु भएपछि मृतकको संख्या ३ पुगेको हो । श्रेष्ठको काठमाडौं ल्याउने क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ । यसअघि समिट एयरका कोपाइलट सुदीप ढुंगाना र पर्यटक प्रहरी असई रामबहादुर खड्काको मृत्यु भइसकेको थियो ।

प्रतिक्रिया दिनुहोस