ऐतिहासिक मनकामना मन्दिरको पुनर्निर्माण मध्यभागमा

0
39

२०७२ साल साउनदेखि संस्थागत रुपमा सुरु गरिएको मनकामना मन्दिरको पुनर्निर्माणको काम मध्यभागमा पुगेको छ । मन्दिर पुनर्निर्माणको काम सक्न अझै एक डेढ वर्ष लाग्ने जानकारी  रहेको छ । यतिबेला मन्दिरको दोस्रो तला थाप्ने काम सुरु भएको छ । पुरातत्व विभागको निरीक्षणमा स्थानीय समिति मार्फत मन्दिर पुनर्निर्माणको काम भइरहेको छ । मन्दिर निर्माणका लागि परम्परागत निमार्ण सामग्री इँटा, चुन, सुर्की, काठलगायतको प्रयोग गरिएको छ ।गोरखाको मनकामना नमुना गाविसमा रहेको मनकामना मन्दिर प्रमुख हिन्दू शक्तिपीठहरुमध्ये एक हो । दैेनिक हजारौँ तीर्थयात्रीले मनकामना मन्दिरमा पूजा–पाठ गर्ने गर्दछन् ।

मनकामना दर्शनका लागि प्रत्येक दिन औसतमा ३ हजारदेखि ३५ दर्शनार्थीले मनकामना दर्शन गर्ने गरेका छन् ।मनकामना जाने धार्मिक पर्यटकमा स्वदेशीका साथै विदेशी पर्यटकको सङ्यामा पनि वृद्धि भएको छ । यतिबेला दैनिक १५ देखि २० प्रतिशत भारतीय तीर्थयात्री मनकामना मन्दिरमा दर्शनका लागि आउने गरेका छन् ।मनकामना दर्शनका लागि शनिवार दर्शनार्थीहरुको अत्यधिक भीड लाग्ने गरेको छ।

चितवनको कुरीनटारबाट १० मिनेटको हाराहारीमा केवलकार चढेर पुग्न सकिन्छ मनकामना मन्दिर  । समुन्द्र सतहबाट १ हजार ३ सय ३ मिटरको उचाइमा रहेको यो मन्दिरबाट उत्तरतर्फ मनास्लु र अन्नपूर्ण हिमशृङ्खला अबलोकन

 गर्न सकिन्छ ।

प्रतिक्रिया दिनुहोस