बौद्ध स्तुपा नयाँ अवतारमा

0
34

डेढ वर्षअघि भूकम्पको शिकार भएको बौद्ध एक वर्षपछि नै पुरानोभन्दा पनि चमकदार स्वरुपमा उभिएको छ । बौद्धले नयाँ जुनी पाएको छ भनौैं या नयाँ अवतार बदलेको छ ।

जे होस्, यसलाई माया गर्ने र यसलाई आस्थाको केन्द्र मान्नेहरुले आफ्नो सम्पदा फेरि ‘उज्यालो’ रुपमा जस्ताको तस्तै पाएका छन् ।

एउटै भूकम्पको धक्काले अस्तब्यस्त भएको स्वयम्भुनाथ क्षेत्र आज पनि उस्तै स्वरुपमा छ । धरहरा कसले बनाउने भन्ने नै टुंगिएको छैन । यसले धार्मिक, सांस्कृतिक र पुरतात्विक सम्पदालाई माया गर्ने धेरैको मनलाई बिझाउँछ ।

तर, बौद्धनाथ क्षेत्रमा पुग्नेहरुले नेपालमा ‘समयमै केही हुँदैन’ भन्न पाउने छैनन् ।  स्थानीयको जागरण र मिहेनतले स्तुपाले आफ्नो पुरानो स्वरुप पाउन धेरै समय लगाएन । boudhanath-stupa