भुटानकी महारानीको सुटुक्क बुद्ध जन्मस्थल भ्रमण

0
23

भुटानकी महारानी आसी साङदे छोदेङ्ग वाङचुकले शुक्रबार अकास्मत प्राचिन कपिलवुतुमा रहेको ३ महत्वुपुर्ण बुद्धस्थलको बुद्धस्थलको अवलोकन भ्रमण गरेकी छन् । महारानीसँग ९ सदस्यीय टोली भुटानबाट नेपाल आएको छ ।महारानीसंगै आएकी राजकुमारी सहीतको टोलीले प्रचिन कपिलवस्तु स्थित बुद्ध स्थल निग्रचाधराम कुदान, तिलौराकोट र निगालीकोटको अवलोकन गरेका हुन । त्यस अघि बिहीबार साँझ महारानी वाङचुकले बुद्धजन्मस्थल लुम्बिनीस्थित मायादेवी मन्दिर, पुष्करणी पोखरी र अशोक स्तम्भ अवलोकन गरेकी थिइन् । महारानी सहीतको टोलीलाई लुम्बिनी विकास कोषका पुरातत्व विकास अधिकृत हिमाल उप्रेतीले ती स्थलको ऐतिहासिक पृष्ठमुभी र पुरातातित्वक महत्वका बारे जानकारी गराएका थिए । टोलीले तिलौराकोटको पश्चिमी, पुर्वीद्धारा र उत्खनन स्थलको समते अवलोनक गरेका थिए ।

 सो क्रममा पुरातत्व अधिकृत उप्रेतीले तिलौरोकोटको ऐतिहासिकता प्रमाणित हुदै गएको जानकारी गराएका थिए । बिश्व संपादा सुचीमा प्रस्तावित तिलौराकोट ३ बार्ष भित्र सुचीकृत हुने गरी कार्य अघि बढाईएको उनले बताए । निजी भ्रमणमा आएकी महारानी आसी साङदे छोदेङ्ग वाङचुकले यहाँ आउदा आफुलाई निकै शान्ति मिलेको कुराकानीकाक्रममा प्रतिक्रया दिएको प्रजिअ मदन भुजेलले जानकारी दिए । प्रजिअल भुजेलका अनुसार महारनीले आफुलाई बुद्ध स्थलमा पाईला टेक्न पाउनु निकै गौरवको कुरा भएको बताएकी छन् । कपिलवस्तु नगरपालिका मेयर किरण सिंहले महारानी वाङचुकलाई निग्रोधाराममा स्वागत गरेका थिए ।

मेयर सिंह र लुम्बिनी विकास कोषका सदस्य राजेश ज्ञवालीले महारानी वाङचुकलाई मायाको चिनो प्रदान गरेका थिए । त्यस अघि बिहीबार साँझ महारानी वाङचुकले बुद्धजन्मस्थल लुम्बिनीस्थित मायादेवी मन्दिर, पुष्करणी पोखरी र अशोक स्तम्भ अवलोकन गरेकी थिइन् । कोषका सूचना अधिकृत राजन बस्नेतले महारानीलाई लुम्बिनीको ऐतिहासिक र पुरातात्विक महत्वबारे जानकारी दिएका थिए । उनी भुटानका चौथौं राजा जिग्मेसिङगे वाङचुकका श्रीमती हुन् । 

प्रतिक्रिया दिनुहोस