श्रीपन्चमी मेला अयोजक सिनामले पहिचान फर्काउन सहयोग गर्नेहरु प्रति आभार ब्यक्त

0
14

ताप्लेुङ्गको सिरिजङ्गा गाउपालिकाको सिनाममा भएको श्रीपन्चमी मेला भब्य रुपले सम्पन्न भए सँगै स्थानिय आयोजकले कार्यक्रममा प्रत्यक्ष तथा अप्रत्यक्ष सहयोग गर्ने महानुभावहरु प्रति आभार ब्यक्त गरेको छ । भारतिय रियालिटी सो हरुमा आफ्नो प्रतिभा देखाउन ईन्ट्री पाई सकेकी नेपाल आईडियल टप १० गायिका मेनुका पौडेलले केही चर्चित हिन्दी गीतहरुको माध्याम बाट समेत सिनामको पन्चमी मेला तताएकी थिईन् ।
ईन्जिनियर तथा गायक बीरेन्द्र श्रेष्ठले आखाँ लाउछन् भन्ने गीत दर्शकहरुको जोडदार मागका कारण तीन पटक सम्म दोहोप्याएर गाएका थिए । गायक श्रेष्ठको महत्वपूर्ण सहयोगी भूमिकाको कारण यो मेला सम्पन्न हुन सकेको कुरा आयोजक कमिटिका अध्यक्ष नेत्र भण्डारी बताउनुहुन्छ । कार्यक्रमले सिरिजङ्गा गाउपालिकाको र समग्र सिनामको पहिचान बनाउन सफल भएको देखिन्छ । कार्यक्रममा पुरुष फुटवलमा पाथिभरा क्लव नागीले बिजेता बन्ने अवसर पायो भने महिला डोरी तान्ने खेलमा आयोजक श्रीपन्चमी मेला आयोजकमा महिलाहरु बिजयी भएका थिए ।त्यस्तै सटपुटमा सिनामका नबिन अधिकारी, गायन प्रतियोगितामा थेचम्बुका लक्ष्मण भट्टराई र कुन्साङ्ग डान्स सेन्टरका दुई वालिकाहरु नृत्य प्रतियोगितामा पहिलो हुन सफल भएका थिए । बिभिन्न खेल र रमाईलो मेला लगाएतका कारण मेलामा युवाहरुको आकर्षण अझ बढेको देखियो । कुम्भकर्ण, कन्चन्जङ्गा, हिमालको काखमा रहेको सिनाम र कन्चन्जङ्गा पदमार्गमा पर्ने सिनामलाई पर्यटकिय गाउको रुपमा बिकसित गर्दै ग्रामिण पर्यटनको आधार क्षेत्रको रुपमा बिकसित गर्दै लैजाने लक्ष्य रहेको आयोजकले हाम्रो सेरोफेरो लाई वताएको छ ।
शिक्षाको क्षेत्रमा ताप्लेजुङ्गमा अगाडी रहेको र २००७ सालमै स्थापना भएको सिनाम स्कुलकै कारण याङ्गरुपमा शिक्षाको हवको रुपमा चिनिएको सिनाम अब सास्कृतीक र पर्यटकिय क्षेत्रको रुपमा समेत बिकासहुने देखिएको छ । सिनामको भैसे डाडाँमा रहेको चर्चित पाथिभरा देवीको मन्दिरको महिमा सर्वत्र छदैछ भने अलैची, अम्रिसो जस्ता नगदे बाली र हिमाली तथा उच्च पहाडी क्षेत्रमा पाईने बहुमुल्य जडिबुटी यस क्षेत्रमा समेत पाईनुको साथै मुखै रसाउने सुन्तला र सिनामको पन्चमीमा कावेलीको असला माछाँको बिभिन्न परिकारले सिनाममा आन्तरिक पर्यटनको बिकास हुनुमा महत्वपुर्ण भूमिका खेल्ने देखिन्छ ।
याङ्गरुपको कला सस्कृतीलाई जोगाउन वाल्यकालदेखी नै अहोरात्र खटिनुभएका पाचँथर थर्पुका दिनेश लिङ्गदेन जो आज फाल्गुनन्द फिल्म फेयर अवार्डका अध्यक्ष तथा नेपाल चलचित्र युवा मन्चको अध्यक्षले मेलालाई बिशेष सहयोग पुर्याउनु भएको थियो ।
कार्यक्रको प्रचार प्रसार गर्न बिशेषरुपमा उपस्थिती जनाएका पाचँथर खेलकुद समितिका अध्यक्ष बाबा मेन्याङ्गबो, पत्रकारहरु आनन्द गौतम, नारायण तुम्वापो, गिरिराज बास्कोटा, भिम बास्कोटा,खड्ग सुवेदी वरिष्ठ गायक पूर्ण काङ्गवाङ्ग, मुकुवुङ्ग युवा कल्वका स्कर मेन्याङ्गबो लगाएतले मेलाको स्तरियता झल्काएको थियो । त्यस्तै मेलालाई भब्यरुपले सम्पन्न गराउन सहयोग गर्ने कुन्साङ्ग डान्स सेन्टर ताप्लेजुङ्गका पेम्वा लामा, प्रिति थलाङ्ग, फ्यूजन डान्स सेन्टर फिदिमका आयुष र अन्सु तथा टिम, मुकुवुङ्ग युवा कल्वका कलाकारहरु, कुमार गुरागाई, निर्मल खत्री, साथै कार्यक्रम प्रस्तोता मिलन बिश्वकर्मा, दिनेश लिङ्गखिम तथा नविन लाम्गादेको सहयोग प्रती आयोजनक आभार प्रकट गरेको छ ।
राकेश उप्रेती, मण्डल थेबे, प्रबिण थेवे, अन्जय लिम्बु, तेज बुढाथोकी, सरस्वता थेवे जस्ता युवाहरुको कारण मेला सम्पन भएको र भबिस्यमा समेत थप उर्जाका साथ कार्यक्र गर्न सहयोग पुग्ने अपेक्षा आयोजकको छ ।
श्रीपन्चमी मेलालाई देश बिदेशमा रहेका नेपालीहरुको सहयोगले मात्र कार्यक्रम सफलहुन सकेको आयोजकको भनाई छ । कार्यक्रमलाई गगां प्रसाद उप्रेती ले रु ५००००, वसन्त थेवेले रु ३०००० र फुटबलको ट्रफी सहयोग गरेका थिए भने मण्डल थेवेले रु २५०००,साहित्यकार अम्विका गुरुङ्गले रु २००००, खड्ग श्रेष्ठले १५००० तथा तेज बुडा क्षेत्री, डा. कृष्ण दुलाल, प्रविण थेवे, अन्जय लिम्वु, राम कङ्गंलिवा, भुवन लिङ्गदेन, सरस्वता थेवे, दिपेन पोमु, महेन्द्र गौतम, क्षितिज थेवेलगाएतका दाताले दश दश हजारका दरले सहयोग गर्नुभएको थियो । दुर्गा थेवे, लाल लिम्वु, राम लिङ्गदेन पाचँ हजारका दरले सहयोग गर्नुभएको साथै शेरवहादुर पतङ्गवाले रु५५५५ सहयोग गरेकोमा आयोजकले आभार ब्यक्त गरेको छ । यसैगरी कार्यक्रममा छबी गुरुङ्ग र गगां गुरुङ्गले २ थान वल,गणेश खिम्दीङ्ग, वाल मणि वराल, कुल राज पौडेलले १÷१ थान वल सहयोग गरेको आयोजकले वताएको छ ।
कार्यक्रममा बिभिन्न खेल खेलाए बापत रु२६०००.०० संकलन भएको खेल कमिटि ब्यवस्थापक तथा मखमली स्पोटिङ्ग क्लवका भिम थेबेले बताउनु भयो । अव हरेक वर्ष कार्यक्रलाई निरन्तरता दिएर लैजाने बताउदै आयोजकका कोषध्यक्ष बाबा राईले आर्थिक पारदर्शिताका साथ कार्यक्रम गरिएको र केही दिनमै सम्पूर्ण आयब्यय विवरण सार्वजनिक गर्ने साथै आयोजक कमिटिका कोषाध्यक्षका हैसियतले सम्पूर्ण दाताहरुलाई धन्यवाद अर्पण गरेकाछन् त्यस्तै गायक तथा ईन्जिनियर बीरेन्द्र श्रेष्ठले मेलालाई नगद रु ५०३००.०० थप जिन्सी तथा मेला आयोजना गर्नुको लागी उर्जा प्रदान गरी सम्पन्न गर्न समेत बिशेष योगदान पुर्याउनु भए वापत भविस्यमा थप सहयोग तथा उर्जाको अपेक्षाका साथ श्रेष्ठ प्रती बिशेष धन्यवाद प्रकट गरेको छ ।

 

प्रतिक्रिया दिनुहोस