सर्वसाधारणले राजाको श्रीपेच हेर्न पाउने

0
32

नेपाल सरकारले नारायणहिटी राजदरबारमा रहेको श्रीपेच सार्वजनिक गर्ने तयारी गरेको संग्राहलय प्रमूख रोहित कुमार ढुंगानाले बताउनु भएको छ। हिजो निरीक्षणका लागि नारायणहिटी पुगेका संस्कृति, पर्यटन तथा नागरिक उडड्यन मन्त्री जीवनबाहदुर शाहीले निर्देशन् दिए पछी संग्राहलयका प्रमुख रोहित कुमार ढुंगानाले सदन पुरानै स्वरुपमा निर्माण गर्ने काम भइरहेको श्रीपेच सर्वसाधरणले हेर्न मिल्ने व्यवस्था तत्काल मिलाउने ब्यवस्था गरेका बताउनु भयो ।shreepech

स्व.राजा बिरेन्द्रको जन्मदिनमै नारायणहिटी पुग्नु भएका शाही राजा बिरेन्द्रको निजी निवास श्री सदनको पनि अवलोकन गर्नु भएको थियो। सो अवसरमा संग्राहलय प्रमुख ढुंगानाले राजा बिरेन्द्रको निजी निवास श्री सदन पनि सर्वसाधरणको लागि खुला गर्ने तयारी भइरहेको जानकारी दिनु भयो। सो अवसरमा मन्त्री शाहिले निर्देशन दिनु भएपछी संग्राहलयका प्रमुख ढुंगानाले श्रीपेच सार्वजनिक गर्नका लागि लगभग तयारी भएको र सुरक्षा विश्लेषण भैरहेको जानकारी दिदै यसका लागि नेपाली सेनासँग कुरा भइरहेको बताउनु भयो । मन्त्री शाहीले ऐतिहासिक धरोहर संरक्षण गर्नु सबैको दायित्व भएकले सरकारले यसको रक्षा गर्ने कुरा बताउनु भयो।