नवलपरासीका धुरकोटमा डिसिरखोला पेट्रीक सेट लघु जलबिद्य ुत आयोजनाको उद्घाटन

0
6

नवलपरासीको धुरकोट गाविस वडा नं. ६ स्थीत माथिल्लो धुरकोटमा डिसिरखोला पेट्रीक सेट लघु जलबिद्यद्युत आयोजनाको उद्घाटन गरिएको छ । स्थानीय उपभोक्ता समितिका अध्यक्ष गिरीप्रसाद बारघरेको अध्यक्षता तथा प्राविधिक कार्यालयका प्राविधिक भिमदेव भटराईको प्रमुख आतिथ्य एवँ शैलेन्द्र शाहनीको विशेष आतिथ्यमा कार्यक्रम भएको हो । धुरकोट गाविसको रु एक लाख र स्थानीय उपभोक्ता समितिबाट १८ हजार सात रुपैँया गरि कुल रु एक लाख १८ हजार सात सय रुपैँयाको लागतमा सम्पन्न सो आयोजनाबाट स्थानीय ६५ घरधुरि लाभावन्तीत हुने बताइएको छ । सोलारबाट विजुली बाल्दै आएको स्थानीयले अव जलविद्युतबाट विजली बाल्न पाउने भएका छन ।

प्रतिक्रिया दिनुहोस