निर्माण पक्षद्वारा गल्ती स्विकार १५ दिनमा गाडी हिड्ने बनाउने प्रतिवद्धता

0
11

काठमाडौंको नक्सालमा शंकर ग्रुप र अन्तर्राष्ट्रिय स्तरको प्रसिद्ध होटल हिल्टनको सहयोगमा बन्न लागेको पाँच तारे होटलको जग खन्ने क्रममा भासिएको सडक र होटल निर्माण गर्नेहरुको बदमासिबारे संसदीय समितिले चासो देखाएको छ ।होटल बनाउन अनुमति भन्दा बढी गहिराइमा गएर खन्दा सडक भासिएको र होटल बनाउनेहरुले छिमेकीलाई पनि क्षति पुर्‍याएकाे, आवागमन अवरुद्ध भएको, त्यो वरपर व्यापार व्यवसाय संचालन गरेर बसेकाहरुलाई पनि असर गरेको गुनासाहरु आएपछि आफुहरु अनुगमनमा निस्केको संसदको सुशासन तथा अनुगमन समिति सभापति मोहनसिंह राठौरले जानकारी दिएका छन  ।

निर्माण पक्षमा मान्छेहरुले हामीलाई भएको घटनाक्रम बताए । सभापति राठौरले भने, ‘संचारमाध्यममा अनुमति लिएको भन्दा बढी गहिराइमा गएको भन्ने कुराहरु आए । स्थानीयलाई हिडडुल गर्नै समस्या भयो, सरकार मुख दर्शक भो भन्ने कुराहरु पनि आए । लामो समय बाटो बन्द हुँदा त्यहाँ वरपर निकै असर परेको भन्ने कुरा आएपछि हामीले सबैलाई सोध्नै पर्ने भो ।’ महानगरका कर्मचारीलाई सोध्दा जमिन मुनि २ तलाको अनुमति लिएको तर, त्यो भन्दा गहिराइमा गएको, निर्माण पक्षले अनुमति लिए अनुसार नै काम गरेको भन्यो । वरपरका स्थानीयलाई सोध्दा निर्माण पक्षले बलमिच्याई गरेको  सभापति राठौरले जानकारी दिए । 

निर्माण पक्षद्वारा गल्ती स्विकार
होटल निर्माणका क्रममा पर्ने पर्यावरणीय असरबारे अध्ययन नगरेको र कुनै विवरण नबनाएको भेटियो ।  जवाफमा निर्माण पक्षले हैन त्यसबारे अनुमति लिने काम सुरु हुन लागेको बतायो ।

व्यस्त स्थान तथा बाक्लो बस्ती भएको ठाउँमा ठूलो भवन निर्माण गर्ने क्रममा खनिएका खाल्डो तथा निर्माणका क्रममा चलेका विद्युतीय मेसिनका कारण वरपरको वस्तीलाई प्रत्यक्ष असर परेको गुनासो स्थानीयले गरेका छन् । यस्तै, निर्माण पक्षले आवश्यक परे असर पुगेकालाई जति क्षतिपूर्ति दिन सकिने समते बताएको राठौरले जानकारी दिए । सडक १५ दिनमा गाडी गुड्ने बनाउने भनिएको छहोटल निर्माण पक्षले सडक १५ दिन भित्र गाडी ओहोर दोहोर गर्ने बनाउने बताएको सभापति राठौरले जानकारी दिए । अहिले मेसिनरी पक्की वाल बनिरहेको छ, ‘१५ दिनमा गाडी हिड्ने बनाउने प्रतिवद्धता आएको छ ।’ काम गर्ने कन्सलटेन्ट कम्पनीले प्राविधि त्रुटी गरेको जस्तो देखिन्छ ।

प्रतिक्रिया दिनुहोस