अमेरिकामा रहेका नेपाली महिलाहरुको साझा सस्था नेपाल वुमन ग्लोबल नेटवर्क को क्यालिफर्निया च्याप्टर आफ्नो साधारसभा गर्दै छ । क्यालिफर्नियामा डिसेम्बर ८ तारिक शनिबार बेलुका ५ बजे देखी १० बजे सम्म हुने कार्यक्रममा नयाँ पदाधीकारीलाई सस्थाको जिम्बेवारी हस्तान्तरण गर्ने आयोजकले जनाएको छ । नेपाल वुमन ग्लोबल नेटवर्क सामाजिक कार्य गर्नका...
छोरीका हत्यारालाई कारवाहीको माग राख्दै धर्ना बस्दै आएका कञ्चनपुरका यज्ञराज पन्तको मानसिक सन्तुलन बिग्रेपछि उपचारका लागि धनगढी पुर्याइएका उनलाई जिल्ला प्रशासन कार्यालय कैलालीको पहलमा शनिबार राति निजी गाडीमा सुरक्षाकर्मी सहित काठमाडौं स्थित शिक्षण अस्पातलमा ल्याईएको छ । साउन १० गते बलात्कार पछि हत्या गरिएकी कञ्चनपुरकी १३ बर्षिया किशोरी निर्मलाका आफन्त...
नेपाल शान्ति स्काउट आफ्नो लक्ष्य र गतिबिधिमा अग्रसर हुँदै अगाडि बढ्दै गरेकाे छ । ‘सामाजिक क्षेत्रमा असंख्य बिसंगतिहरु छन्, हाम्रा युवाहरुमा केही गर्ने अथाह जोश र उर्जा छ। यो जोश र उर्जालाई हामीले स्काउटमार्फत् सामाजिक रुपान्तरणका कार्यहरुमा सही सदुपयोग गरी सामाजिक बिसंगतिहरु हटाउन सक्छौं। बुधबार काठमाण्डौंमा नेपाल शान्ति स्काउटद्वारा आयोजित...
आज छठ पर्वको तेस्रो दिन सूर्यदेवको आराधना, उपासना र पूजा गरी हर्षोल्लासपूर्वक छठ पर्व मनाइएको छ । चार दिनसम्म मनाइने यस पर्वको मुख्य दिन आज अस्ताउँदो सूर्यलाई अर्घ्य दिइन्छ । आज साँझ काठमाडौं उपत्यकालगायत मधेसका धेरै जिल्लामा अस्ताउँदो सूर्यलाई पूजाराधना गरी अर्घ्य दिएर छठ मनाइएको छ । बुधबार उदाउँदो...
दिपावली अर्थात तिहार भाईटिका लगाएपछी समाप्त भएको छ ।तिहारको पाँचौं तथा अन्तिम दिनमा दिदीबहिनीले आफ्ना दाजुभाइको दीर्घायु कामना गर्दै सप्तरंगी वा रातो टीका लगाइदिन्छन्। दिदीबहिनीले टीका लगाएपछि दाजुभाइले पनि लगाइदिने गरिन्छ। दिदीबहिनीलाई पूजा गर्नाले अखण्ड सौभाग्य र ऐश्वर्य प्राप्त हुने शास्त्रीय मान्यता रहेको छ । नेतादेखी अभिनेता सम्मले आफ्ना...
तिहारको तेस्रो दिन आज लक्ष्मीपूजा । दिउँसो र साँझ लक्ष्मीपूजा गरेका नेपालीहरुले साँझ बत्ती बालेर घर झिलिमिली पारेका छन् । लक्ष्मीपूजाको दिन दियो र बत्ती बालेर पूजाकोठाका साथै सिंगो घर नै उज्यालो बनाउने गरिन्छ । विश्वभरी दियोले लक्ष्मीको स्वागत गरिएको छ ।शहरहरुमा त अनेक रंगका बत्तीले झिलिमिली नै पारिन्छ...
आज तिहारको दोस्रो दिन, कुकुरको पूजा गरेर कुकुर तिहार मनाइँदैछ । सुरक्षा गर्ने कुकुरलाई मीठामीठा खानेकुरा खान दिएर मनाइँदैछ । कात्तिक कृष्ण चतुर्दशीका दिन कुकुरलाई मीठामीठा परिकार खान दिए यमराजको ढोकामा द्वारपालका रुपमा बस्ने श्याम र सबल नामका कुकुरले यमलोक जाँदा बाटो छोडिदिने धार्मिक विश्वास छ । बैवस्वत मन्वन्तरको कुलमा...
आज कागतिहर त्येक वर्ष कात्तिक कृष्ण त्रयोदशीदेखि कात्तिक शुक्ल द्वितीयासम्म मनाइने हिन्दूको दोस्रो ठूलो चाड यमपञ्चक अर्थात् तिहार आजबाट शुरु भएको छ । यमपञ्चक पनि भनिने तिहारको पहिलो दिन आज कागको पूजा गरी मनाइँदै छ । आज कागलाई मीठा खानेकुरा दिएमा राम्रो समाचार लगिदिने विश्वास गरिन्छ । कागलाई यमदूत...
नेपाल पञ्चाङ्ग निर्णायक समितिले यस वर्षको भाइटीकाको साइत सार्वजनिक गरेको छ । समितिको आज बसेको बैठकले यही कात्तिक २३ गते बिहान ११ बजेर ५५ मिनेटमा भाइटीकाको साइत उत्तम हुने निर्णय गरेको समितिका अध्यक्ष प्रा डा रामचन्द्र गौतमले जानकारी दिए । समितिले शुभ बेलाको साइत दिएको जनाइएको छ । यस वर्ष...
चन्द्र तिवारीको परिवारले अस्ट्रेलियामा दशै मनाउदै नेपालीहरुको महान पर्व विजयादशमी नेपाल तथा नेपाल बाहिर पनि शुक्रबार धुमधामका साथ मनाईएको छ । विशेष गरी नेपालको ग्रामीण इलाकामा बढी रमाईलो हुने दशैं नेपालको शहरी भेग सँगै विदेशमा रहेका नेपालीहरुले पनि धुमधामका साथ मनाउने गरेका छन् । विजया दशमीको दिन विशेष गरी नेपाल...
आजबाट नेपालीहरुको महान चाड बडा दशैं सुरु भएको छ । विश्वभर रहेका हिन्दू तथा किरात धर्मावलम्बी समेतले दशैलाई प्रमुख पर्वको रुपमा मनाउने गर्दछन। दुर्गा पूजा भब्य रुपमा मनाइन्छ भने बर्मा, श्रीलङ्का, नेपाल, भुटान, बङलादेश, थाईल्यान्ड, लगायत युरोप, अमेरिका लगायतका ठाउमा रहेका हिन्दूहरुले समेत दुर्गा भवानिको उपासना गरी दशै मनाउने...
नेपाल राष्ट्र बैंकले आइतबारदेखि दशैंका लागि नयाँ नोट सटही सुविधा खुल्ला गरेको छ । नोट साट्न बिहानैदेखि ठूलो संख्यामा सर्वसाधारण लाइन लागेका छन् । यस वर्ष ४० अर्ब रुपैयाँ बराबरको नयाँ नोट वितरण गरिने राष्ट्र बैंकले जनाएको छ । प्रत्येक व्यक्तिले २७ हजार रुपैयाँसम्म साट्न सक्नेछन् । रु ५...
स्थानीय तहमा विकासले गति लिन सकेको छैन । तर, स्याङ्जाका जनप्रतिनिधिलाई भने सरकारी गाडी मोह बढ्दै गएको छ । निर्वाचित भएसंगै गाडी खरिद गरेका जनप्रतिनिधिलाई दुई वर्ष पनि नपुग्दै पुनस् अर्को गाडी मोह बढेको छ । उनीहरु नयाँ गाडी खरिदको तयारीमा छन् । नगररगाउँ प्रमुखको लागि गाडी खरिदसंगै उपप्रमुख...
वर्षा र सहकालका देवता देवराज इन्द्रको पूजा गरी सोमबार परम्परागतरुपमा इन्द्रजात्रा पर्व मनाइएको छ । प्रत्येक वर्ष भाद्र शुक्ल चतुर्दशीका दिन पर्ने यो पर्व काठमाडौं, ललितपुर, भक्तपुर, धुलिखेल, दोलखा लगायतका स्थानमा मनाइन्छ । हनुमानढोका अगाडि धार्मिक विधिपूर्वक इन्द्रध्वजासहितको लिङ्गो ठड्याइएपछि इन्द्रजात्रा सुरु हुन्छ । भाद्र शुक्ल द्वादशीका दिन ठड्याइएको...
नेपाल पञ्चाङ्ग निर्णायक समितिले यस वर्षको दशैँका विभिन्न साइत सार्वजनिक गरेको छ । यसवर्ष असोज २४ गते नवरात्र आरम्भ हुने र त्यस दिन बिहान ७ बजेर १५ मिनेटमा घटस्थापनासहित जमरा राख्ने साइत छ । असोज २५ गते बिहीबार बिहान १० बजेर २४ मिनेटमा झण्डा फेर्न शुभ हुने समितिका अध्यक्ष...
गृहमन्त्रालयले बलात्कारपछि हत्या गरिएकी कञ्चनपुरकी १३ वर्षीया निर्मला पन्तको स्रोतका अनुसार शनिबारको आन्दोलनपछि ९ अधिकारकर्मीहरु आन्दोलनका कार्यक्रमहरुलाई कसरी अघि बढाउने वा के गर्ने भन्ने बारेमा छलफलमा छन् । उता, गृहले निलम्बन गरेपछि प्रहरी प्रधान कार्यालयमा निलम्बित अधिकारीहरुलाई बोलाइएको छ । प्रहरी मुख्यालयको उजुरी छानबिन शाखाले पनि उनीहरुमाथि अनुसन्धान गर्ने जनाइएको...
हालसम्म विद्युतीय सार्वजनिक बस चलेका छैनन् । तर, पछिल्लो समयमा काठमाडौंमा विद्युतीय बस ल्याउन विभिन्न कम्पनीले तीव्र तयारी गरिरहेका छन् । मयुर यातायात, साझा यातायात, सुन्दर यातायात, गोर्खा इको लगायतका कम्पनीले यसका लागि गृहकार्य गरिरहेका छन् । शहरी क्षेत्रमा सानाको साटो ठूला बस सञ्चालन गर्दै निजी क्षेत्रलाई प्रोत्साहित गरेको...
रौतहटको लालवकैया नदीको टिकुलीया घाटमा शनिबार राती २७ जना यात्रु बोकेको डुंगा नै डुब्यो । पप्पु कन्स्ट्रक्सनले बर्षोँदेखि ओगटेर राखेको पुल नबन्दा यात्रुको ज्यानै जोखिममा परेको यो पछिल्लो घटना मात्र हो । यही कम्पनीले ओगटेका ठेक्का देशैभर छन्, । तर अधिकांसको निर्माण गति सुस्त र गुणस्तर कमजोर छ । रौतहटको...
उदयपुरको चौडण्डिगढी नगरपालिका र खोटाङको बाराहा पोखरी जोड्ने सुनकोसी नदीको पुल दुई पटक उद्घघाटन भएको छ । आइतबार भदौ १० गते बिधिबत रुपमा चौदण्डिगढी नगरपालिका प्रमुखसहित अन्य पदाअधिकारीको टोलीले उद्घाटन गरेको पुल पुन सोमबार भादौ ११ गते नेकपाका सांसदले उद्घाटन गरेका हुन् । २०७३ भदौ २ गते शिलान्यास भएको...
मुश्लिम धर्मावलम्बीले आफ्नो चाड बकर इद आज मनाउँदै छन् । ३ दिनसम्म मनाइने यो पर्वलाई ‘इद–उल–जुहा’ पनि भनिन्छ । बलिदानीको पर्वका रुपमा लिइने बकर इद मुश्लिम महिना जुल हिज्जाको दशौँ दिन मनाउने गरिन्छ ।आजको दिन मस्जिदमा जम्मा भई विशेष नमाज पढ्ने गरिन्छ । त्यसैले बिहानैदेखि देशभरका मस्जिदमा भीड लागेकाे...