पाँच तारे सार्वजनिक शौचालय

0
30

साधारणतया मानिसहरु सार्वजनिक शौचालय जानबाट बच्छन् । साह्रै दुर्गन्धित, फोहोर र पसिनसक्नु भएकाले अति नै आवश्यक भए मात्र मानिसहरु सार्वजनिक शौचालयको प्रयोग गर्ने गर्छन् । तर चीनको चोङक्विङ्गमा बनेको पाँच तारे सार्वजनिक शौचालयको कहानी भने निकै भिन्न छ ।

pic4
चोङक्विङ्गको बिसान जिल्लामा बनेको यो पाँच तारे शौचालयमा १५० स्क्वायर मिटर रेस्टरुमका साथै उत्कृष्ट इन्टेरियर डिजाइन रहेको छ । यसमा निकै आकर्षक मार्बल राखिएको छ भने त्यहाँका भित्ताहरु ग्रेनाइटका जस्तै देखिन्छन् । साथै, शौचालयको बीचमा हिटिङ सिस्टम जडान गरिएको छ जसले शौचालयभित्र वर्षैभरी २६ डिग्रीको तापक्रम कायम राख्छ ।
यहाँका कमोड पाँच तारे होटर र रेष्टुरेन्टमा राखिने किसिमका छन् । शौचालय भित्रका धेरैजसो भित्ताहरुमा निकै राम्रो पेन्टिङ गरिएको छ भने प्राकृतिक बिरुवा रोपिएका छन् । यहाँ २४ सै घण्टा मधुर संगीत पनि बजिरहेको हुन्छ । हेरौं पाँचतारे सार्वजनिक शौचालयका केही तस्बिरहरु

pic1

pic2

pic3

एजेन्सीको सहयोगमा

 

प्रतिक्रिया दिनुहोस