के हो एलइडी बल्ब

0
28

एलइडी बल्बको मुख्य विषेशता भनेकै कम बिजुली खपत गरेर पनि गतिलो प्रकाश दिनु हो । यसले ४ गुणासम्म बजिुली बचत गर्छ । ५ वाटको एलइडीले ५ वाटको सिएफएलले दिने प्रकाश तीन गुणा प्रकाश दिन्छ । यो हुनासाथ उपभोक्ताको मासिक बिजुली बिल पनि कम हुन्छ ।led-1

 

बजारमा विभिन्न ब्राण्डेड र साधारण गरी दुई प्रकारका एलइडी बल्ब किन्न पाइन्छ । ब्राण्डेड बल्बमा १ वर्षको ग्यारेन्टी पाइन्छ भने साधारण बल्बमा ग्यारेन्टी हुँदैन ।

फाइबरले बन्ने एलइडी बल्ब साधारण रुपमा झर्दा पनि फुट्दैन । बजारमा ३ देखि ५० वाट सम्मका एलइडी बल्ब  सहज रुपमा उपलब्ध छन् । मूल्य पनि सीएफएल बल्ब भन्दा महंगो पर्दैन । सीएफएल भन्दा एलइडी बल्ब बढी टिकाउ पनि हुन्छ ।एकपटक एलइडी किनेका उपभोक्ता फेरि सिएफएलमा हत्तपत्ति फर्किँदैनन्, किनभने यो निकै उपयोगी र किफायती हुन्छ ।

प्राधिकरणबाटै एलइडी बल्ब बाँडिने
नेपाल विद्युत प्राधिकरणले लोडसेडिङ हटाउन एलइडी बल्बलाई विशेषरुपमा प्रवर्द्धन गर्ने भएको छ । प्राधिकरणले एलइडी लाइट आफैं खरिद गरेर उपभोक्तालाई वितरण गर्ने योजना ल्याएको छ । उभोक्तालाई साधारण सीएफएलभन्दा कम बिजुली खपत गरेर उच्चस्तरको प्रकाश दिने एलइडीको प्रयोगमा प्रोत्साहित गर्न लागेको हो ।

प्रतिक्रिया दिनुहोस