संसदको बैठक चौथो दिन पनि अवरुद्ध

0
23

प्रतिपक्षी दलको अवरोधका कारण संसदको बैठक चौथो दिन पनि अवरुद्ध भएको छ । आइतबार पनि प्रतिपक्षी दलहरुले बैठक अवरुद्ध गरेपछि नियमित कार्यसूचीमा प्रवेशै नगरी स्थगित भएको हो । बैठकको शुरुमै समय लिएर नेपाल मजदुर किसान पार्टीकी सांसद अनुराधा थापा मगरले सरकारले नेपाली जनताको चाहना भन्दा पनि विदेशीको दवावमा संविधान संसोधन प्रस्ताव ल्याएको आरोप लगाउनुभो । उहाले  सरकारले हिमाल, पहाड तराईमा मिलेर बसेका जनतालाई बिथोल्न संसोधन प्रस्ताव ल्याएको टिप्पणी गर्नुभो ।सांसद थापाले नेपालका लागि भारतीय राजदुतले सार्वजनिक कार्यक्रममै नेपालको संविधान समावेसी नभएकाले संसाधेन आवश्यक रहेको भन्ने अभिव्यक्ति दिँदा पनि सरकार मौन रहेको आरोप लगाउनुभो umlsamsad-6

उहाले भारतीय जासुर संस्था र अ का पूर्व प्रमुख नेपालमा आएर एक सातादेखि विभिन्न गतिविधि गरेर संविधान संसोधनका लागि दवाव दिएरहेको र राप्रपालाई एकीकरण गर्न दवाव दिएको समाचार आएपनि सरकारको कुनै प्रतिक्रिया नआएको बताउनुभो । सांसद थापामगरले नेपालको आन्तरिक मामिलामा अनावश्यक हस्तक्षेप गर्ने विदेशीहरुलाई तत्काल देश निकाला गर्न पनि सरकारसँग माग गर्नु भो ।

सांसद थापाले  बैठकमा आफ्नो धारणा राखेपछि प्रतिपक्षी दलका सांसदहरु उठेर बिरोध  जनाएका गरेका थिए । प्रतिपक्षी दलहरुले संसदको कार्यसूचीमा नभएको ‘संविधान संसोधन’ विधेयकको बिरोधमा सदनको काम कारवाही अवरुद्ध पार्दा अख्तियार प्रमुख लोकमानसिंह कार्की विरुद्ध दर्ता भएको महाअभियोग प्रस्तावमाथिको छलफल पनि लम्बिएको छ ।अब संसदको अर्को बैठक मंसिर २२ गते १ बजे   बस्ने भएको छ ।

प्रतिक्रिया दिनुहोस