बुटवलको पुष्पलाल पार्कमा राष्ट्रिय झण्डा गाडे

0
20

हिजो बुटवलको पुष्पलाल पार्कमा रहेको शहिद स्तम्भलाई हटाएर प्रदर्शनकारीले राष्ट्रिय झण्डा गाडेका छन्। दिउँसैदेखि स्तम्भ हटाउने प्रयास गरेका प्रदर्शनकारीले प्रहरीको सुरक्षा घेरा तोड्दै स्तम्भको ठाउँमा राष्ट्रिय झण्डा गाडेका हुन्।

आन्दोलनको क्रममा युवाहरुको समुहले पुष्पलाल पार्कमा माओवादी केन्द्रले निर्माण गरेको सहिद स्तम्भ भत्काउने प्रयास गरेपछि केहीबेर दुई पक्षबीच झडपको भएको थियो। हिजो दिउसो दुई घन्टा  प्रदर्शनकारी र प्रहरीबीच    ढुंगा हानाहान भएको थियो ।  दिउँसो २ बजेतिर केही युवाहरुले स्तम्भ पार्कको वरिपरिको पर्खाल भत्काएपछि   प्रहरीले  सुरक्षा घेराभित्र राखेको थियो। प्रदर्शनकारीले पाँच नम्बर प्रदेश टुक्राउन पाइँदैन, देश टुक्राउने सरकार चाहिँदैन      जस्ता नारा लगाउदै पुष्पलाल पार्कमा रहेको शहिद स्तम्भलाई हटाएर प्रदर्शनकारीले राष्ट्रिय झण्डा गाडेका हुन्।

प्रतिक्रिया दिनुहोस