निलम्बित सांसद रेसम चौधरीलाई जन्मकैद

0
11

कैलाली जिल्ला अदालतले टीकापुर घटनाका आरोपी सांसद रेशम चौधरीलाई २० वर्षको कैद फैसला गरेको छ । न्यायाधीश परशुराम भट्टराईको एकल इजलासले चौधरीसहित ११ जनालाई दोषी ठहर गरेको हो ।

न्यायाधीस पर्शुराम भट्टराईको एकल इजलासले उनी विरुद्ध परेको उजुरीमा यस्तो फैसला गरेका हुन् । चौधरी सहित २७ जना अहिले पनि पुर्पुक्षको लागि थुनामा छन् । उनीहरुको पुर्पुक्षको लागि थुनामा बसेको समयावधिको पनि गठना हुने बताइएको छ ।

कूल ५८ जना विरुद्ध मुद्दा परेकोमा ३१ जना भने फरार रहेका छन् । यो फेसला अहिले २७ जनाको हकमा मात्रै रहेको भन्दै बाँकीको हकमा भने प्रहरीले उनीहरुलाई पक्राउ गरी फेरि मुद्दा चलाउनु पर्नेछ ।सोही घटनामा १२ जनालाई तीन वर्षको कैद सजायँ अदालतले सुनाएको छ। लक्ष्मण थारु सहित ११ जनाले तीन वर्ष कैद भुक्तान गरिसकेकोले आजै रिहा भएका छन्। घटनामा आरोपित तीन जनाले भने सफाइ पाएका छन्।

नेपाल प्रहरीका वरिष्ठ प्रहरी उपरीक्षक लक्ष्मण न्यौपानेसहित ८ जना सुरक्षाकर्मी र एक नाबालकको ज्यान जाने गरी भएको घटनामा प्रहरीले ५८ जना शंकास्पद रहेको भन्दै कर्तव्य ज्यान, डाका चोरी तथा ज्यानमार्ने उद्योगमा मुद्दा दायर गरेको थियो।

प्रतिक्रिया दिनुहोस