युवाहरुले स्याङ्जालाई प्रजातन्त्रको जग बनाउन लागि परेका छन् – प्रकाश मल्ल

0
103

नेपाली काङ्रेसका युवा नेता तरुण दल जिल्ला अध्यक्ष एबम् नेपाली काङ्रेसका तर्फ बाट स्याङ्जा क्षेत्र न २ ख का प्रदेश सभाका उमेदवार भागवत प्रकाश मल्लले स्याङ्जाका युवाहरुले स्याङ्जालाई नेपाली काङ्रेशको आधार क्षेत्र बनाउन लगेको बताएका छन । आज चापाकोट नगरपालिकाको वडा न २ को दामाचौर मा गरिएको घर दैलो कार्यक्रम पछी वडा न ११ को तल्लो माडीको धर्मसाला मा सम्पन्न चुनावी सभालाई सम्बोधन गर्दै सो कुरा बताएका हुन् । कार्यक्रममा ने का वडा अध्यक्ष नमराज श्रेष्ठ, प्रदेश समानुपातिक उमेदवार माया राना महाधिबेसन प्रतिनिधि भुमा शर्मा पाण्डेले स्थानिय जनताको समस्या काङ्रेशले सम्बोधन गर्ने बताए । आज प्रत्यक्ष उमेदवारसहित चापाकोट नगरपालिकाको राधा कृष्ण मन्दिर खोरिया घाट वडा न २ र ८ को बगैचा,धुर कोट बेसी , ठाटी भन्ज्याङ मा जनता सँग प्रत्यक्ष भेटघट कार्यक्रम सम्पन्न भएको कुरा नेपाल तरुण दल केन्द्रिय प्रतिनिधि कमल  घिमिरेले हाम्रोसेरोफेरो लाई टेलिफोन मार्फत जानकारी दिएका छन् ।

स्याङ्जामा नेपाली काङ्रेशले दोस्रो चरणमा हुने प्रतिनिधि सभा र प्रदेश सभाको निर्वाचनका लागि चुनावी सभालाई तिब्र पारेको छ । कार्यक्रम तालिका अनुसार स्याङ्जाका दुई क्षेत्रमा नेपाली काँग्रेसले चुनावी सभालाई तिब्रता दिएको तरुण दल क्षेत्रिय अध्यक्ष महेश भट्टराईले जानकारी दिए । यसैविच युवाहरुलाई चुनाबी कार्यक्रम समान्धी निर्देश दिन आज गल्याङ नगरपालिका वडा न ३ गल्याङमा युवाहरुलाई नेपाली काङ्रेश पूर्व जिल्ला सचिब लक्ष्मण प्रसाद भट्टराई, महाधिबेसन प्रतिनिधि गुरु प्रशाद भट्टराई लगाएतले प्रशिक्षण दिएको नगर अध्यक्ष कृष्ण भट्टराईले बताए ।

स्याङ्जाका प्रतिनिधिसभाका लागि २ र प्रदेशका ४ उमेदवारहरु चुनावी प्रचार प्रसारमा व्यस्त रहेका छन् । उमेदवार मात्रै नभएर स्याङ्जामा यो पटक युवाहरु पनि चुनावी प्रचार प्रसारमा खटेर लागेका छन् । क्षेत्र नं. २ अन्तर्गत प्रदेश (क) का उमेदवार विष्णु पौडेल पनि चुनावी घरदैलोमा व्यस्त रहेका छन् । नेता पौडेललाई युवाहरुको प्रतिनिधित्व गर्दै पार्टीले चुनावी मैदानमा खटाएकाले युवाहरुको समस्यालाई समाधान गर्न प्रतिबद्ध रहेको नेबिसंघ स्याङ्जा उपाध्यक्ष अर्जुन अर्यालले बताए । युवाहरु देशको मेरुडण्ड भएकाले युवाहरुलाई रोजगारको वाटोमा लैजाने आफ्नो प्रमुख एजेण्डा रहेको पौडेल र मल्लको साझा भनाई छ । प्रदेश (ख) का उमेदवार प्रकाश मल्लले युवा, महिलालाई रोजगारको मुद्धालाई प्रधान बनाई विकास निर्माणमा आफुले सदैव लाग्ने प्रतिवद्धता व्यक्त गरेका छन् ।

विकास प्रेमी नेताका रुपमा पिरिचित हुदै आएका गोपालमान श्रेष्ठको नेत्रित्वमा सम्भावना बोकेका युवाले यो प्रदेशमा काँग्रेसका तर्फ बाट टिकट पाएकाले स्याङ्जामा काङ्रेश विजयी हुने स्थानिय जनताको आकलन रहेको छ ।

प्रतिक्रिया दिनुहोस