मतदाता नामावली संकलन रोकियो

0
17

निर्वाचन आयोगले १८ बर्ष उमेर पुगे पनि फागुन ९ गते निर्वाचनको मिति घोषणा गरेकै दिनबाट मतदाता नामावली संकलन बन्द गरेको हो । अब ०७३ साल फागुन ९ गतेसम्म १८ वर्ष पूरा भएका र मतदाता नामावलीमा नाम लेखाइसकेका नेपाली नागरिकले मात्र बैशाख ३१ गते हुने स्थानीय निर्वाचनमा मतदान गर्न पाउनेछन् ।

मंगलबार बसेको आयोगको बैठकले त्यस्तो निर्णय गरेको हो । यसअघिका निर्वाचनमा भने निर्वाचत मिति घोषणापछि अभियानको रुपमा केही समय मतदाता नामावली संकलन गर्ने गरिएको थियो । यसपटक भने आयोगले निर्वाचनको मिति घोषणा गरेकै दिनबाट मतदाता नामावली संकलन बन्द गरेको हो । निर्वाचन तयारीका लागि पर्याप्त समय बाँकी नरहेकाले यस्तो निर्णय गरिएको आयुक्त नरेन्द्र दाहालले बताएका छन् । यस्तै निर्वाचन आयोगले मंगलबारबाटै मतदाता नामावली संकलनको काम बन्द गरेको छ ।