पत्रकार महासंघ कपिलबस्तु शाखामा ताला

0
16

कपिलवस्तुका पत्रकारहरुले नेपाल पत्रकार महासघको सदस्यता नपाएको भन्दै महासघंको शाखा कार्यालय कपिलवस्तुमा ताला लगाएका छन् । कपिलवस्तुका पत्रकारहरुले संयुक्त संघर्ष समिति नै गठन गरेर सदस्यता पाउनुपर्ने भन्दै महासंघ कार्यालयमा ताला लगाएका हुन् । कपिलवस्तुका पत्रकार बासुदेव बर्माको नेतृत्वमा संयुक्त संघर्ष समिति गठन गरिएको छ । नेपाल पत्रकार महासघ शाखा कपिलवस्तुले शुद्धीकरणको नाममा एकलौटी तरिकाले सदस्यता वितरण गरेको भन्दै प्रेस विज्ञाप्ति निकालेर सबै सक्रिय पत्रकारलाई सदस्यता दिन आग्रह गरेका छन् ।

नेपाल पत्रकार महासंघले निर्धारण गरेको योग्यता तथा कानुनबमोजिम नभई मनलाग्दी ढंगमा सदस्यता वितरण गरिएकाले आन्दोलनमा उत्रन बाध्य भएको पत्रकार बर्माले वताएका छन् ।महासंघ शाखाले तत्काल निर्णय फिर्ता नलिए सशक्त आन्दोलनमा उत्रने संघर्ष समितिले चेतावनी दिएको छ । शाखाले केही सदस्यको सदस्यता खारेज समेत गरेको छ ।