हिसिला यमीसहित एक दर्जन कलाकार कांग्रेसमा प्रवेश

0
30

हास्य श्रृंखला तितोसत्यमा हिसिला यमीको भूमिका निर्वाह गरेर चर्चामा आएकी विपना बस्नेतसहित एक दर्जन कलाकार नेपाली कांग्रेसमा प्रवेश गरेका छन् । कांग्रेस सभापति शेरबहादुर देउवाले बुधबार आफ्नै निवास बुढानिलकण्ठमा आयोजित एक कार्यक्रमका बीच कलाकारलाई पार्टीमा स्वागत गरे ।

कांग्रेसमा प्रवेश गर्ने कलाकारहरुमा बस्नेतसहित अभिनेता तथा निर्देशक रमेश बुढाथोकी, चलचित्र कलाकार संघका अध्यक्ष राम केशर बोगडी, चलचित्र प्राविधिक संघका अध्यक्ष पुस्कर लामा, चर्चित गायक युबराज चौलागाँई, अभिनेत्री रिस्ता बस्नेत, अभिनेत्री नम्रता योगी, नृत्य निर्देशक पुर्णम राई, मोडल प्रतिक्षा खड्का र रन्जु सुनाम लगायत रहेका छन् । उनीहरुलाई पार्टीमा स्वागत गर्दै देउवाले कांग्रेसले कलाकारलाई पार्टीमा उचित भूमिका र प्राथमिकता दिने बताए ।चलचित्र विकास बोर्डका अध्यक्ष राजकुमार राईले कलाकार राष्ट्रको गहना मात्रै नभएर राष्ट्र निर्माणका लागी पार्टीमा पनि लाग्नुपर्ने बुझेर आफूहरु कांग्रेसमा प्रवेश गरेको बताए ।

प्रतिक्रिया दिनुहोस