संविधान संशोधनविरुद्ध पुस १७ गते खुलामञ्चमा विरोध सभा

0
9

नेकपा एमाले संसदीय दलको कार्यालय सिंहदरवारमा विपक्षी ८ दलको बसेको बैठकले  एमालेसहितका विपक्षी दलहरुले संविधान संशोधन विधेयकको विरोधमा संसदमा जारी अवरोध कायमै राख्ने निर्णय गरेको छ । संसद बैठक सोमबार दिउँसो १ बजेको लागि बोलाइएको छ । बैठकले सोमबार पनि संसद अवरुद्ध पार्ने निर्णय गरेको राष्ट्रिय जनमुक्ति पार्टी लोकतान्त्रिकका नेता शिवलाल थापाले बताउनु भयो। constituent-assembly

थापाका अनुसार संशोधनविरुद्ध भइरहेको आन्दोलनको समर्थनमा पुस १७ गते खुलामञ्चमा विरोध सभा गर्ने निर्णय पनि भएको छ । बैठकमा विपक्षी दलहरु नेकपा एमाले, नेकपा माले, नेमकिपा, राष्ट्रिय जनमोर्चा, परिवार दल , राष्ट्रिय जनमुक्ति पार्टी लोकतान्त्रिक, नेपा पार्टी र मधेस समता पार्टीको सहभागिता रहेको थियो ।

<

p style=”text-align: justify”>यता आजको व्यवस्थापिका संसदको बैठकमा सरकारले ल्याएको संविधान संशोधन प्रस्ताव टेबुल गर्ने तयारी गरिएकाले निकै महत्वका साथ हेरिएको छ । तर सत्तारुढ दलले संशोधन प्रस्तावलाई अघि बढाए सशक्त प्रतिरोध गर्ने प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले बताएपछि संसदमा मुठभेडको खतरा देखिएको छ । हिजो मात्रै एमाले उपाध्यक्ष बामदेव गौतमले युवासंघको कार्यक्रममा सत्तारुढ दलले पेलेर जान खोजे आफूहरु चुप नलाग्ने भन्दै संसदमा कडा रुपमा प्रस्तुत हुने चेतावनी दिएका थिए ।

प्रतिक्रिया दिनुहोस