गल्याङ

0
11

सिरिरीरी हावा चल्दा भेट्न आउनु है
पहाडको राजा गल्याङ आज घुम्न लानु है
तल हेर काली गंगा माथि आधीखोला
गल्याङ बजार घुम्न पाउदा यो मन हुन्छ चङ्गा।

आधीखोला पानी हेर काली गंगा गाको
तिमी सँगै हात समाई गल्याङ घुम्ने रहर भाको ।
सिरौसाको सुन्तला खाँदै तम्किकोट जाने
सेदिबिनी सिला तिम्ले दर्शन गर्न माने।

ब्रामण, मगर, नेवार दलित मिली बस्ने ठाउँ
जसरिनी मेरा प्यारा गल्याङ घुम्न जाउ ।
कती राम्रो प्यारो हाम्रो गल्याङ हो नाउ
पहाडको राजा गल्याङ आज घुम्न हामी जाउ ।

तिमी आउनु पोखरा बाट स्याङ्जा वालिङ हुँदै
दौडी आउँला मै पनि भेट्न बुटवल, पाल्पा छुदै ।
छर्ती घाट, राम्दि घाट, हुगी घाट जाने
गल्याङ बजार घुम्न तिमी नै हो लाने ।

बलाम देबी मन्दिरमा सँगै भाकल गरी
बाचा गरौ तिमी हामी जीवन साथी बनी
गल्याङ नै हो सुन्दर ठाउँ पहाडको ठाउँ
देशै घुम्ने रहर भए गल्याङ घुम्न आउ ।
गल्याङमै बस्न पाउ गल्याङ मै घुम्ने
रहर हाम्रो गल्याङमै जिउने अनी गल्याङमै हो मर्ने ।

 

प्रतिक्रिया दिनुहोस