पाकिस्तानी प्रधानमन्त्री इमरान खानले हिन्दु विरोधी अभिव्यक्ति दिएका आफ्नै मन्त्रीलाई हटाएका छन् । पञ्जाव प्रान्तका सूचना र संस्कृतिमन्त्री फैयाज अल हसन चौहानलाई उनले पदबाट हटाएका हुन् ।चौहानले हि न्दुलाई गाईको मुत्र पिउने बताउँदै भारतले पाकिस्तानसँग टक्कर दिन नसक्ने बताएका थिए । चौहानको यो अभिव्यक्तिप्रति इमरानको पार्टी पाकिस्तान तहरीक–ए–इन साफ...
अमेरिकामा रहेका नेपाली महिलाहरुको साझा सस्था नेपाल वुमन ग्लोबल नेटवर्क को क्यालिफर्निया च्याप्टर आफ्नो साधारसभा गर्दै छ । क्यालिफर्नियामा डिसेम्बर ८ तारिक शनिबार बेलुका ५ बजे देखी १० बजे सम्म हुने कार्यक्रममा नयाँ पदाधीकारीलाई सस्थाको जिम्बेवारी हस्तान्तरण गर्ने आयोजकले जनाएको छ । नेपाल वुमन ग्लोबल नेटवर्क सामाजिक कार्य गर्नका...
न्यूजील्यान्डको एउटा सानो द्वीपको किनारामा कम्तीमा एकसय ४५ वटा ह्वेल मृत अवस्थामा भेटिएको अधिकारीहरुले सोमबार जानकारी दिएका छन् । न्यूजील्यान्डको सानो द्वीप स्टेवार्ट आइल्यान्डमा शनिबार अपराह्न एकजना यात्री(हाइकर)ले यी मृत ह्वेलको समूह देखेका थिए । स्टेवार्ट आइल्यान्डका लागि संरक्षण विभागका व्यवस्थापक रेन लिप्पेनले बाँचेका ह्वेललाई अन्यत्र लैजान पनि कठिन रहेको...
भुटानको मन्त्रिपरिषदमा दुई जना नेपाली भाषीले पनि ठाउँ पाएका छन् । सरकार गठनका लागि संसदमा बहुमत हासिल गरेको ड्रुक न्यमन रुव शोग–पा (डिएनटी)ले मन्त्रिपरिषदमा दुई नेपाली भाषीलाई समेटेको हो । मन्त्री बन्ने सांसद हन्, जयबीर राई र लोकनाथ शर्मा । भुटानको राजधानी थिम्पुमा शनिबार सार्वजनिक गरिएको मन्त्रिपरिषद सदस्यको सूचिमा नेपाली...
चन्द्र तिवारीको परिवारले अस्ट्रेलियामा दशै मनाउदै नेपालीहरुको महान पर्व विजयादशमी नेपाल तथा नेपाल बाहिर पनि शुक्रबार धुमधामका साथ मनाईएको छ । विशेष गरी नेपालको ग्रामीण इलाकामा बढी रमाईलो हुने दशैं नेपालको शहरी भेग सँगै विदेशमा रहेका नेपालीहरुले पनि धुमधामका साथ मनाउने गरेका छन् । विजया दशमीको दिन विशेष गरी नेपाल...
इन्डोनेसियामा आएको शक्तिशाली भूकम्पका कारण मृत्यु हुनेको संख्या झण्डै चार सय पुगेको छ । सुलावेसी क्षेत्रमा आएको भूकम्प र त्यसपछिको सुनामीमा परी मृत्यु हुनेहरुको संख्या बढीरहेको अधिकारीहरुले शनिबार जानकारी दिएका छन् । अरु सयौँ जनाको अस्पताल उपचार भइरहेको उनीहरुको भनाई छ । घाइतेहरुको उद्धार गर्दै अस्पतालसम्म ल्याउने क्रममा पनि चलिरहेको...
उपराष्ट्रपति नन्दबहादुर पुन चीनको ६ दिने औपचारिक भ्रमणका लागि चीनको सिचुवान प्रान्तका राजधानी छेन्दु पुगेका छन् । उनलाई बुधबार त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको अतिविशिष्ट कक्षमा गृहमन्त्री रामबहादुर थापाले बिदाई गरे। सिए ४३८ नं. को एयर आईनाको विमानबाट स्थानीय समयअनुसार ३ः४० बजे छेन्दु पुगेका हुन् । उपराष्ट्रपतिलाई छेन्दु अन्तर्राष्ट्रिय विमानस्थलमा सिचुवान प्रान्त...
भारतीय पूर्वप्रधानमन्त्री स्वर्गीय अटल बिहारी वाजपेयीको आज अपराह्न ४ बजे अन्त्येष्टि गरिने भएको छ । ९३ वर्षका उमेरमा बिहीबार निधन भएका वाजपेयीको पार्थिव शरीर बिहीबार रातभर उनको कृष्ण मेनन मार्गस्थित निवासमा राखिएको थियो । श्रदाञ्जलीका लागि बिहान ९ बजे उनको पार्थिव शरीर भारतीय जनता पार्टीको मुख्यालयमा राखिएको छ ।...
एकजना धर्मगुरुले एक सात वर्षीया बालिकालाई बलात्कार गरे । अर्का धर्मगुरुले नौ वर्षका बालकलाई मुखमैथुन गर्न बाध्य तुल्याए र ती बालकको मुख शुद्ध बनाउन पवित्र पानी छर्किए । अमेरिकाको पेन्सिलभेनियास्थित रोमन क्याथोलिक चर्चका करिब ३ सय धर्मगुरुबाट पीडित यी केही प्रतिनिधि बालबालिका मात्र हुन्। संसारभर चर्चा पाएको र मङ्गलबार...
संयुक्त अरब इमिरेट्स युएई सरकारले आफ्नो देशमा अवैध रूपमा बसेका विदेशी नागरिकको सहजताको लागि आज अगस्ट १ बाट तीन महिनासम्मका लागि आम माफी दिएको छ । नेपाली दूतावासले यो आममाफीको सक्दो उपयोग गर्न आफ्ना नागरिकलाई आग्रह गरेको छ । आममाफी लागू भएपछि अब बिनाभिसा लुकीछिपी युएईमा रहेका जुनसुकै देशका नागरिकले...
इण्डोनेसियामा गएको शक्तिशाली भूकम्पमा परी १० जनाको मृत्यु भएको छ । स्थानीय समयअनुसार विहान ७ बजे ६.४ रेक्टर स्केलको भूकम्प गएको हो । भूकम्पको केन्द्र चर्चित पर्यटकीय क्षेत्र लोमबोक रहेको स्थानीय सञ्चार माध्यमहरुले जनाएका छन् । भूकम्पका कारण धेरै घरमा क्षति पुगेको छ भने थुप्रै मानिस घाइते भएको सरकारी...
दुई हप्तादेखि थाइल्याण्डमा गुफामा फसेका १३ जनाको सकुशल उद्दार भएको छ । मंगलबारसम्म सबै १२ बालक र उनीहरुको फुटबल प्रशिक्षकको उद्दार भएको थाई अधिकारीहरुले जानकारी दिएका छन् ।गत जुन २३ देखि गुफाभित्र फसेका १२ बालक र उनीहरूका फुटबल प्रशिक्षक कहाँ छन् भन्ने कुरा हराएको नौ दिनपछि मात्र पत्ता लागेको...
दक्षिण कोरियाले ऐतिहासिक जित हात पार्दा साविकको विजेता जर्मनी विश्वकपको समूह चरणबाटै बाहिरिएको छ । कोरियाले २ गोल जर्मनीमाथी बर्षाउदा जर्मनी भने समुह चरण बाटै घर फर्कन वाध्य भएको छ । ४ पटकको विश्वविजेता जर्मनीलाई बराबरीमा रोक्दै अन्तिम १६ मा जानबाट दक्षिण कोरियाले रोकेको छ। इन्जुरी टाइममा कोरियाले २...
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले गत वर्ष ६ मुस्लिमसहित विभिन्न ८ राष्ट्रलाई अमेरिका प्रवेशमा लगाएको प्रतिबन्ध त्यहाँको सर्वोच्च अदालतले सदर गरेको छ । ट्रम्पले गत वर्ष मुसलमान बहुल ६ देशसहित  ८ देश सिरिया, लिबिया, इरान, यमन, चाड, सोमालिया, उत्तर कोरिया र भेनेजुएलाका नागरिकहरूलाई अमेरिका प्रवेशमा रोक लगाएका थिए । यो...
रिसेप तैयेप अर्दोगान टर्कीको राष्ट्रपतिमा लगातार दोस्रो कार्यकालका लागि निर्वाचित भएका छन् । पहिलो चरणको निर्वाचनमै अर्दोगानले ५२.५ प्रतिशत मत ल्याएर दोस्रो कार्यकालका लागि निर्वाचित भएका हुन । उनका निकटतम् प्रतिद्वन्द्वी मुहर्रम इन्चेले ३०.७ प्रतिशत मत मात्र प्राप्त गरेको त्यहाँको निर्वाचन आयोगले जनाएको छ । चार जना उम्मेदवारमध्ये डेमिराट्सले ८.३...
अफगानिस्तानका सुरक्षाकर्मी र तालिवान लडाकुहरुले मिलेर ईद मनाएका छन् । उनीहरुले एकअर्कालाई अंगालो हाले, शुभकामना दिए र सँगै तस्वीर पनि खिचाए । एकअर्काविरुद्ध युद्ध छेडेकाहरुले आत्मियता साटासाट गरेको पूर्वी अफगानिस्तानको यो दृष्य निकै दुर्लभ मानिएको छ । अफगानिस्तानको सबैभन्दा ठूलो आतंकवादी संगठन तालिवानका लडाकुहरुले रकेट लन्चरसहितका हतियार बोकेका थिए ।...
अमेरिका र उत्तर कोरियाका नेताहरूबीच सिंगापुरमा भएको ऐतिहासिक शिखर वार्ता अपेक्षा गरिएभन्दा सफल भएको मानिएको छ । कुनै समय असम्भव मानिएको जुन १२ को वार्ता आज सफलतापूर्वक सम्पन्न गराएर उत्तर कोरिया र अमेरिकाले नयाँ सम्बन्धको सुरुवात गर्ने प्रतिबद्धता जनाएका छन् । सिंगापुरमा सन् २०१८ को जुन १२ मा हुने...
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र उत्तर कोरियका सर्वोच्च नेता किम जोन उनको बीचमा जुन १२ मा हुन गइरहेको सम्मेलनको सुरक्षा सिँगापुरको गोर्खाजले दिने भएको छ । समाचारमा बताइएअनुसार खुकुरी र राइफलसहित नेपाली गोर्खा सैनिकले सो बैठकमा सुरक्षा दिनेछन् । दुवै मुलुकका नेताहरु आफ्नो व्यक्तिगत सुरक्षासहित सो सम्मेलनमा भाग लिन पुग्नेछन्...
भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको नेपालको राजकीय भ्रमणको कार्यक्रमलाई सरकारले स्वीकृत गर्ने निर्णय गरेको छ ।प्रधानमन्त्री निवास बालुवाटारमा आज साँझ बसेको मन्त्रिपरिषद्को बैठकले भारतीय प्रधानमन्त्री मोदीको भ्रमणलाई स्वीकृत गर्ने निर्णय गरेको सञ्चार तथा सूचना प्रविधि राज्यमन्त्री गोकुलप्रसाद बाँस्कोटाले जानकारी दिए । भारतीय प्रधानमन्त्री मोदी यही वैशाख २८ र २९ गते नेपालको...
उत्तर कोरियाका नेता किम जोंग उन दक्षिण कोरियाका राष्ट्रपति मून जे–इनसँग ऐतिहासिक शिखर वार्ताका लागि दक्षिण कोरिया पुगेका छन् ।सन् १९५३ मा कोरियाली युद्धपछि जब कोरियाली प्रायद्वीप दुई भागमा बाँडिएका थिए दक्षिण कोरियाली भूमिमा पाइला टेक्ने किम जोंग उन पहिलो उत्तर कोरियाली नेता बनेका छन् । दक्षिण कोरियाली राष्ट्रपति...