दमको रोगथाम कसरी

0
79

दमका बिरामी हरेक बर्ष बढिरहेका छन् । दमबाट पीडित कति छन भनेर यकीन संख्या सरकारसंग पनि छैन । धेरै नेपालीलाई दमले चाहिँ सताएको छ । बंशाणुगत गुण र वातवरण दुबैबाट सार्ने भएकाले पनि दमका बिरामीकोे संख्या बढ्दो छ । विशेष गरेर उमेर ढल्कदै गएपछि र जाडो याममा दमले बढी चाप्ने गर्दछ ।
दम आफैमा रोग नभएर कुनै रोगको लक्षण हो । दमकै कारण अकालमै मृत्यु हुनेको संख्या बढिरहेका छन्।

धेरैमा भ्रण हुन सक्छ दम कुनै रोग हो । तर होइन्, दम धेरै प्रकारका हुन्छन् । यो त कुनै रोगको लक्षण हो ।
फोक्सोमा विभिन्न खाले रोग लाग्छ यही रोगकै कारण श्वास फेर्न असजिलो हुने, गाह्रो हुने अबस्थानै दम हो । दम बुढाबुढीलाई मात्र लाग्छ भन्ने हैन् । बच्चाहरुमा पनि आमाको रोग छ भने श्वास फेर्न गाह्रो हुन्छ ।
प्रायःलाई क्रोनिक ब्रोन्काइटिस भएर दम लाग्ने गर्दछ । चुरोट खाने, भान्सामा धुँवामा बस्ने र बढी र धुवा धुलो भएको वातवरणमा बस्नाले दम हुने गर्दछ ।

दमको रोगथाम
दमको रोगथाममा स्वयं व्यक्तिनै सचेत भयो भने धेरै कम गर्न सकिन्छ । छातीकै कारण दम लाग्ने हुदा सानो उमेर देखिनै छातीलाई संक्रमण हुनबाट बचाउनु पर्दछ । धुम्रपान, मध्यपानबाट टाडै रहनु पर्छ । आगोबाट निस्कने वा वातवरणमा हुने धुवा धुलोबाट बच्नु पर्दछ । बढी चिसोमा हिडडुल गर्नु वा चिसो वातवरणमा बस्नु हुदैन् । छाती, फोक्सो वा कुनै पछि अंगमा रोग लागेको आसंका भए तुरुन्त उपचार गराउनु पर्दछ । अनुकुल वातवरण पारेर शारिरीक व्याम गर्दा रोग प्रतिरोधात्मक शक्ति बढ्छ र केही हदसम्म दमको पीडाबाट मुक्त हुन सकिन्छ ।

दमको उपचार रोग हेरेर गरिन्छ । कुन रोगका कारण दम भयो पत्ता लगाई त्यही रोगको उपचार गरिन्छ । दमका रोगीले दमको प्रकृति हेरी चिकित्सकको सल्लाहा बमोजिम खाने, पिउने र सुँघ्ने औषधी सेवन गर्नुपर्दछ। p1100014

प्रतिक्रिया दिनुहोस