जन्मदिनको अबसरमा अस्पतालाई ६ थान भित्ते घडी उपहार प्रदान

0
13

बर्दधाट नगरपालिका वडा नं ४ बस्ने सुष्मा पुनले आफनी सुपुत्री जेनिभ थापाको सातौं जन्मदिनको अबसरमा चिसापानी अस्पतालाई ६ थान भित्ते घडी  उपहार स्वरुप दिनु भएको छ । आफ्ना सन्तानको जन्म दिन मनाउने क्रममा धेरैजसो आमा बाबुहरुले फजुल खर्च गरेर केहि क्षणका लागि धेरै रकम अनावश्यक रुपमा गुमाई रहेका बेला सार्थक र कृतिमानि रुपमा थोरै खर्च गरेर दिर्गकालिन फाईदा हुने सन्देश दिनका लागि आफुले यस प्रकारको कार्यको शुरुवात गरेको सुष्मा पुनले बताउनु भएको छ । भर्खर सेवा सुचारु गरेको चिसापानी अस्पतालले आफ्नो सेवा विस्तार संगै विभिन्न् क्षेत्रवाट यसरी नै सहयोग जुटाउदै गएको छ। त्यसैगरी अस्पतालका लागि सहयोग गर्नु हुने पुन परिवारलाई धन्यवाद दिदै सहयोग गर्न चाहने सहयोगी संघ संस्था र ब्यक्तिहरुलाई सदैव स्वागत गरीने अस्पतालका अध्यक्षँ शेर बहादुर आर्चायले बताउनु भएको छ ।

प्रतिक्रिया दिनुहोस