नेपालका मेडिकल कलेजहरुको हरीबिजोग

0
19

चिकित्सा शिक्षा अध्ययन संस्थान अन्तर्गतको गन्डकी मेडिकल कलेजमा तेस्रोपटक आह्वान गरिएको एमबिबिएस-बिडिएस भर्नामा पनि विद्यार्थी नआएको भेटिएको छ। गन्डकी मेडिकल कलेजमा अहिलेसम्म विद्यार्थी भर्ना नै नभएको पाइएको छ। आइओएमले तेस्रोपटक आह्वान गरेका भर्नाको सूची सार्वजनिक गर्दा गण्डकी मेडिकल कलेजमा शून्य विद्यार्थी पाइएको हो। आइओएम स्रोतका अनुसार गन्डकी मेडिकल कलेजमा विद्यार्थी भर्ना हुन नै इच्छुक देखिएका छैनन्।तर जनकपुरको जानकी मेडिकल कलेजले भने तेस्रोपटक बल्ल एक जना विदेशी विद्यार्थी  पाएको छ।

gmc-building

गन्डकीले विगतमा तोकिएको भन्दा चर्को शुल्क उठाएर विद्यार्थी भर्ना भएको पाइएको थियो। आइओएमका अनुसार यसपालि एमबिबिएस-बिडिएसमा सरकारले तोकेको शुल्कमा धेरै विद्यार्थी पढ्न चाहेका छन्। सरकारले तोकेको भन्दा झन्डै दोब्बर शुल्क निर्धारण गरेका कारण मेडिकल कलेजहरूबाट विद्यार्थी तर्सिने गरेका छन्।   

यसपालि सरकारले राजधानीमा एमबिबिएस शुल्क ३८ लाख ५० हजार, राजधानीबाहिर ४२ लाख ४५ हजार र बिडिएसमा १९ लाख ३२ हजार ६ सय १२ रुपैयाँ तोकेको छ। 

नेपाल मेडिकल काउन्सिलले गन्डकी मेडिकल कलेजलाई यस वर्ष एमबिबिएसमा ११० र बिडिएसतर्फ २५ सिट संख्या तोकेको थियो। फर्जी फ्याकल्टी र बिरामी देखाएर मेडिकल काउन्सिलको आँखा छलेको आरोप लाग्दै आएको गन्डकी मेडिकल कलेजले विद्यार्थी शून्य रहे पनि कक्षा सञ्चालनको मिति भने तोकेको छ। प्राचार्य प्रा.डा. रविन्द्रप्रसाद श्रेष्ठको हस्ताक्षरमा सूचना निकाल्दै गन्डकीमेडिकल कलेजले माघ ५ गतेदेखि कक्षा सञ्चालन हुने जनाएको छ।nobel-medical-college

यता काठमाडौं विश्वविद्यालयले पहिलोपटक कात्तिक २२ गते लिएको एमबिबिएस बिडिएस प्रवेश परीक्षामा विराटनगरस्थित नोबेल मेडिकल कलेजबाट एक जनामात्र विद्यार्थी भर्नाका लागि योग्य छानिएका छन्। 

काठमाडौं विश्वविद्यालयका अनुसार नोबेलमा निवेदिता चापागाईं भर्नाको प्राथमिक सूचीमा परेकी विद्यार्थी हुन् । केयुका अनुसार प्रवेश परीक्षा दिएर पास हुनेले ल्याएको अंकका आधारमा प्राथमिक र वैकल्पिक सूची निर्धारण गरिन्छ।

त्यस्तै ११५ सिट पाएको पोखराको मणिपाल मेडिकल कलेजमा ३३ जना विद्यार्थी प्राथमिक सूचीमा परेका थिए। ९४ जनाले वैकल्पिकमा नाम निकाले पनि उनीहरु भर्ना हुन नआएपछि फेरि परीक्षा लिएको छ।  ११५ सिटको कलेज अफ मेडिकल साइन्सेस भरतपुर २ जना प्राथमिक सूचीका विद्यार्थी थिए। ११५ सिट संख्या भएको नेपालगञ्ज मेडिकल क्याम्पस प्राथमिक उम्मेदवार ५७ जना, वैकल्पिक ७ जना विद्यार्थी थिए। ११५ सिट पाएको काठमाडौं मेडिकल कलेज ५५ जना र वैकल्पिक २०२ थिए। उसले पनि विद्यार्थी अभाव खेपेको थियो। ११५ सिट संख्या पाएको नेपाल मेडिकल कलेज प्राथमिक ५६ जना, वैकल्पिकमा ११६ जना विद्यार्थी थिए। उसले पनि विद्यार्थी अभाव झेलेको छ। । १०० सिट पाएको लुम्बिनी मेडिकल कलेजमा ३८ जना विद्यार्थीले प्राथमिक सूचीमा नाम निकालेको श्रोतले जनाएको छ। ।