के खादा के पाईन्छ जानी राखौ 

0
36

स्वास्थ्य शरीरका लागि सन्तुलित खानाको आवश्यकता पर्दछ । त्यस्तो खानामा शरीरलाई आवश्यक पर्ने विभिन्न पौष्टिक तत्वको समायोजन गर्नुपर्दछ । हामीले दैनिक खाने खानामा कुन–कुन पौष्टिक तत्व समावेश हुन्छ र ती तत्वमा के–के पाइन्छ ।

कार्बोहाइड्रेट :
शक्ति प्रदान गर्ने । यसबाट ७०–८० प्रतिशत शक्ति प्राप्त गर्न सकिन्छ ।

एक ग्राम कार्बोहाइड्रेट बराबर ४ किलो क्यालोरी शक्ति प्राप्त हुन्छ ।

भिटामिन :
शरीरका लागि भिटामिन नभई नहुने तत्व हो । तर थोरै भए पनि पुग्छ । भिटामिन धेरै प्रकारका हुन्छन् :

भिटामिन ए
छालालाई स्वस्थ राख्छ ।
आँखालाई स्वस्थ राख्छ ।
शारीरिक वृद्धि विकासमा सहयोग गर्छ ।
अन्य रोगको सङ्क्रमणबाट बचाउन सहयोग गर्छ ।

भिटामिन बी
स्मरण शक्ति तेज बनाउँछ ।
थकान, कमजोरी कम गर्छ ।
झाडा पखला जस्ता सरुवा रोगबाट बचाउन सहयोग गर्छ ।

भिटामिन सी 
रक्ता अल्पदा कम गर्छ ।
रोग प्रतिरोधात्मक शक्ति बढाउँछ ।
दाँत तथा गिजासम्बन्धी रोगबाट बचाउँछ ।
छालाभित्र हुने रक्तकोषिका फुट्न दिँदैन ।

भिटामिन डी :
हड्डी बलियो बनाउँछ ।
आवश्यकभन्दा बढी खजिन भए त्यसलाई नियन्त्रणमा राख्छ ।
रिकेट्स र ओस्टिओमालासिया जस्ता हड्डीसम्बन्धी रोगबाट बचाउँछ ।

भिटामिन ई :
राता रक्तकोष निर्माण गर्छ ।
कोष–कोषिकाहरु नष्ट हुन दिँदैन् ।
शरीरलाई आवश्यक पर्ने चिल्लो सुरक्षित राख्छ ।

भिटामिन के :
घाउ, चोट निको बनाउँछ ।
चोट लाग्दा अत्यधिक रगत बग्न कम गर्छ ।
हड्डी बलियो राख्न र बनाउन सहयोग गर्छ ।

प्रोटिन :
कोष कोषिकाको वृद्धि गर्छ ।
खिइएको कोष कोषिकाहरुको मर्मत, सम्भार गर्छ ।
शारीरिक वृद्धि विकासमा धेरै सहयोग गर्छ ।
१ ग्राम प्रोटिन बराबर ४ किलो क्यालोरी शक्ति प्राप्त हुन्छ ।

खनिज तत्वहरु :
क्याल्सियम :
हड्डी बलियो बनाउँछ ।
दाँत बलियो बनाउँछ ।
मांशपेशी मजबुत बनाउँछ ।

फलाम
रगत बनाउँछ ।
रक्त अल्पताको कमी गराउँछ ।
रोग प्रतिरोधात्मक क्षमता बढाउँछ ।

आयोडिन 
शरीरलाई सुस्त हुन दिँदैन् ।
गलगाँडबाट बचाउँछ ।
अपाङ्ग (लाटो, लठेप्रो) हुन दिँदैन् ।

फ्लोरिन 
दाँतलाई स्वस्थ राख्न सहयोग गर्छ ।

चिल्लो 
शक्ति प्रदान गर्छ ।
छाला सुरक्षित राख्न सहयोग गर्छ ।
भिटामिन ए, डी, के, ईलाई सुरक्षित राख्छ ।
एक ग्राम चिल्लो बराबर ९ किलो क्यालोरी शक्ति प्राप्त हुन्छ ।

पानी 
सबै पौष्टिक तत्वलाई शरीरका विभिन्न भागमा पु¥याउँछ ।
शरीरमा तातोपना कायम राख्छ ।
दिसापिसाबका माध्यमबाट शरीरको फोहोर मैला बाहिर निकाल्छ ।

एजेन्सिको सहयोगमा

प्रतिक्रिया दिनुहोस