मोदी पथमा अर्का भारतीय नेता

0
30

तामिलनाडुकी मुख्यमन्त्री जयललिताको निधन भएपछि नयाँ मुख्यमन्त्रीका रुपमा जयललिताका सवैभन्दा वफादार सहयोगी ओ पनिरसेल्वमले सपथ ग्रहरण गरेका छन् । दुई पटक जयललिता जेल गएसँगै उनले राज्यको कमाण्ड समालेका थिए । प्रधानमन्त्री नरेन्द्र मोदी जस्तै पनीरसेल्वम पनि चिया बेच्थे । र, उनका बाबुपनि पार्टीका बफदार कायृकर्ता थिए ।2

चेन्नाईको अपोलो अस्पतालले प्रेस विज्ञप्ती जारी गर्दै साति साढे ११ बजे जयललिताको निधन भएको जनाएको थियो । ६८ वर्षीय जयललिता २२ सेप्टेम्बरबाट अपोलो अस्पतालमा भर्ती भएकी थिइन् । र, आइतबार उनलाई हृदयघात भएको थियो । जयललिताको अन्तिम संस्कार आज साँझ मरीना किनामा गरिने भएको छ । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी जयललितालाई अन्तिम श्रद्धान्जली दिन चेन्नाई जाने कार्यक्रम रहेको छ । जयललिता आइसीयूमा भर्ती भएसँगै अस्पताल परिसरमा उनका शुभेक्षुक र शुभचिन्तकको भिड लागेको थियो । जनतामा लोकप्रिय रहेकी जयललिताले दक्षिण भारतीय फिल्मा समेत अभिनय गरेकी थिइन् ।

नयाँ मुख्यमन्त्री पनीरसैलवमका बुबा अन्नाद्रमुकका संस्थापक स्वर्गीय एमजी रामचन्द्रमका लागि काम गर्थे  । पनिरसेल्वमका भाई आज पनि पेरियाकुलमा चियाको पसल चलाउँछन् । पनिरसेल्वमले चिया पसलमा फुर्सद निकालेर स्नातक गरेका थिए ।मुख्यमन्त्री चयन भएका पनिरसेल्वम जयललिता बस्ने कुर्सीमा कहिले नबसुन् भन्ने जनताको भनाइ छ ।  पनिरसेल्वम थेवर समुदायका हुन् जसको दक्षिण तामिलनाडुमा राम्रो प्रभाव रहेको छ ।