बुटवलका उद्योग व्यवसायी पनि आन्दोलित

0
31

 ५ नम्बर प्रदेश टुक्र्याउन संसद्मा दर्ता गरेको संविधान संशोधन विधेयक फिर्ताको मागसहित आज बुटवलका उद्योगी व्यवसायीले जुलुस गरेका छन् । जिल्ला स्थित उद्योगी व्यवसायीहरुको सञ्जालको नेतृत्वमा बुटवलको राजमार्ग चौराहा, बसपार्क र पुष्पलाल पार्कलगायतका स्थानबाट जुलुस निस्किएको  ।
उद्योगी, व्यवसायी, यातायात व्यवसायी, निजी शिक्षण संस्था सञ्चालकहरु राष्ट्रिय झन्डासहित प्रदर्शनमा उत्रिएका छन् ।उनीहरुले प्रदेश नं ५ लाई विभााजन गरेर पहाड र तराईको सदियौँदेखिको सम्बन्ध तोडन खोजेको भन्दै यसो नगर्न सरकारलाई चेतावनी दिएका थिए । जुलुसमा butwal-protestजिल्लाका व्यावसायिक संस्था व्यापार सङ्घ, उद्योग सङ्घ, बुटवल उद्योग वाणिज्य सङ्घ, पश्चिम नेपाल बस व्यवसायी सङ्घ, ट्रक व्यवसायी समिति, जिप समिति, होटल तथा रेस्टुराँ व्यवसायी सङ्घ, रिक्सा व्यवसायी समितिलगायत करिब दुई दर्जन व्यवसायी सञ्जालले जुलुसको प्रतिनिधित्व गरेका छन्  ।प्रदेश विभाजनको विरोधमा तीन दिनदेखि बन्द भएका यहाँका उद्योग, व्यवसाय, शिक्षण संस्था, यातायात सेवा आज पनि पूर्णरुपले बन्द छन् । बन्दका कारण पूर्व–पश्चिम राजमार्ग तथा उत्तरदक्षिण सिद्धार्थ राजमार्गमा चल्ने सवारी साधन ठप्प छन् । यसै बिच नेपाल बिद्यार्थी संघले आँखन्ड ५ न् प्रदेसको पक्षमा जनमत सङ्रग्रह गरेको छ ।

प्रतिक्रिया दिनुहोस