अनिश्चितकाल पाल्पा बन्दको आह्वान

0
21

प्रदेश विभाजनमा असन्तुष्टि जनाउँदै पाल्पाका संयुक्त युवा, तरुण तथा विद्यार्थी आन्दोलन समितिले आजदेखि अनिश्चितकालका लागि जिल्ला बन्दको आह्वान गरेका छन् । सरकारले प्रदेश नम्बर ५ बाट पाल्पालाई अलग्याएर प्रदेश नम्बर ४ मा राखेको भन्दै पाल्पामा विरोधस्वरुप आजदेखि अनिश्चितकाल सम्मका लागि जिल्ला बन्दको आह्वान गरिएको हो ।

संयुक्त विद्यार्थी तथा संयुक्त युवा, तरुण आन्दोलन समिति, पाल्पाले सरकारले संविधान संशोधनको नाममा ५ नम्बर प्रदेशलाई टुक्रयाउने कुरा मान्य नहुने भन्दै यसको विरुद्धमा बिहीबार दिनभर जिल्ला बन्द गरिएको थियो । बन्द आज पनि जारी रहेको छ । बन्दका कारण विद्यालय, विभिन्न सङ्घसंस्था, यातायातका सवारीसाधन, कलकारखाना, बजार, पसल, उद्योग सबै ठप्प हुँदा जनजीवन प्रभावित बनेको छ । यहाँबाट बाहिरिने छोटो तथा लामो दूरीका सवारीसाधन नचल्दा यात्रु मर्कामा परेका छन् ।सम्बन्धित छवि

समितिले पहाडी जिल्ला पाल्पा, गुल्मी, अर्घाखाँची, प्यूठान, रुकुम र रोल्पालाई तराईबाट अलग्याउन खोजिएको भन्दै बिहीबार साँझ ५ बजेसम्म जिल्ला बन्द गरेको र आजदेखि अनिश्चितकालसम्मका लागि जिल्ला बन्द गर्ने नेपाल विद्यार्थी संघ पाल्पा ले जानकारी दिएको छ ।

प्रतिक्रिया दिनुहोस