नेपाल भारतसँग ९९ रनले पराजित

0
14

थाइल्याण्डमा भएको एसिया कप महिला टि-ट्वाटी क्रिकेटमा नेपाल जितबिहीन भयो । चार टेष्ट टोली सम्मिलित प्रतियोगितामा नेपालको प्रदर्शन खराब रहदै महिला क्रिकेटमा नेपाल ओरालो लागेको छ । महिला एसिया कप क्रिकेटमा नेपाल भारतसँग ९९ रनले पराजित भएर घर फर्किने भएको छ । बैंककमा भारतले प्रस्तुत गरेको १२१ रनको लक्ष्य पछ्याएको नेपाल १६.३ ओभरमा २१ रनमै अलआउट भयो । यो नेपालको सबैभन्दा कम स्कोर हो । यसअघि श्रीलंकाविरुद्ध २३ रनमा आउट भएको थियो । भारतविरुद्धको खेलमा नेपालले खराब रेकर्ड बनायो । नेपालका कुनै पनि ब्याट्सवुमनले दोहोरो अंक जोड्न सकेनन् । कतिसम्म भने नेपालका कुनै पनि ब्याट्सवुमनले बनाएको व्यक्तिगत रन भन्दा अतिरित्त रन धेरै रह्यो ।nepali-women-cricket-team

सबैभन्दा धेरै रन बनाउने सरिता मगरले ६ रन जोडिन् । ज्योति पाण्डे, करुणा भण्डारी र रुविना क्षेत्री २,२ रनमा आउट भइन् भने सीता राना मगर र रोसनी बोहोराले १-१  रन जोडिन् । नेरी थापा, निरा राजोपाध्याय, शोभा आले र संगीता राई शून्यमै आउट भइन् । सरस्वती कुमारी शून्यमै नटआउट रहिन् । टस हारेर पहिले ब्याटिङ भारतले निर्धारित २० ओभरमा ५ विकेट गुमाएर १२० रन बनाएको थियो । भारतकी पुनम यादवले ३ विकेट लिइन् ।

नेपालकी रुविना क्षेत्रीले २ विकेट लिइन् भने करुणा भण्डारी र सीता राना मगरले एक\एक विकेट लिइन् ।

प्रतिक्रिया दिनुहोस