उपकुलपति तीर्थ खनिया र आइओएम डिन केपी सिंहको बर्खास्तगी नै बटमलाइन

0
18

डा. गोविन्द केसीसँग बिहीबार सहमति गरेर अनसन तोडाउने सरकारी प्रयास अफसल भएको छ । स्वास्थ्यमन्त्री गगनकुमार थापा र शिक्षामन्त्री धनिराम पौडेलसहितको उपस्थितिमा सिंहदरवारमा राति अबेरसम्म भएको वार्ता सहमति नजिक पुगेर पनि टुंगिन सकेन । केसीको बिग्रँदो स्वास्थ्य स्थिति विचार गरेर ‘अत्यन्तै लचिलो ढंगमा प्रस्तुत हुँदा’ पनि सरकारले गम्भीरता नदेखाएपछि शिक्षा मन्त्रालयमा बिहीबार अबेरसम्म भएको सहमति प्रयास निष्कर्षमा पुग्न सकेन।dr-kc

डा. केसीले ‘सरकारको रवैयाले वार्ता औचित्यहीन’ भएको बताएका छन्। सरकार  गलाउने मनस्थितिमा लागेको उनले बताए। डा. केसीको बिग्रँदो स्वास्थ्यको फाइदा उठाउँदै सरकारी पक्षले वार्ता लम्ब्याउने मनसाय देखाएको केसी तर्फबाट वार्तामा सहभागी जीवन क्षत्रीले बताए । ‘केसी सरको स्वास्थ्य हेरेर उनीहरू हामीलाई गलाउन सकिन्छ कि भन्नेमा लागेका छन् अब हामी कुनै हालतमा लचिलो हुँदैनौं र कसैलाई माफ गर्दैनौं।’

अब त्रिभुवन विश्वविद्यालयका उपकुलपति तीर्थ खनिया र आइओएम डिन केपी सिंहको बर्खास्तगी नै हाम्रो बटमलाइन हो, उनले भने। डा. केसी वरिष्ठताका आधारमा डिन नियुक्ति लगायतका ९ बुँदे माग राखेर १९ दिनदेखि अनसनमा छन् ।

प्रतिक्रिया दिनुहोस