नेकपा एमालेद्वारा व्यवस्थापिका संसदको बैठक अवरुद्ध

0
26

संविधान संसोधन विधेयकको विरोधमा प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले व्यवस्थापिका संसदको बैठक अवरुद्ध पारेको छ । संविधान संशोधन विधेयकको विरोध गर्दै व्यवस्थापिका संसद बैठक अवरुद्ध गरेको छ ।umlsamsad-7

संसदको बिहीबारको बैठक सुरु भएलगत्तै एमाले उपाध्यक्ष बामदेव गौतमले विशेष समय लिएर बोल्दै संशोधनको विरोध गरे । सरकारले संविधानको उल्लंघन गर्दै ५ नम्बर प्रदेशका पहाडी क्षेत्रलाई हटाएर तराईको मात्र प्रदेश निर्माण गर्ने प्रस्ताव आएको भन्दै  गौतमले यसले पहाड र तराईलाई मिलाउन पाइन्न भन्ने आवाज बुलन्द भएको बताए । उनले संविधानको अनुसुची ६ मा भएको व्यवस्था अनुसार रुपान्तरित संसदले प्रदेश गठनका लागि आवश्यक २१ वटा कानुन निर्माण गर्ने अधिकार मात्र दिएको दावी गरे । सरकारले कानुनी व्यवस्थाको ठाडो उल्लंघन गरेको दाबी समेत गर्दै उनले मुलुकलाई विखण्डीत पार्ने गरी सरकारले ल्याएको संसोधन प्रस्ताव कुनै हालतमा पारित हुन नदिने जिकिर गरे ।

संसदको बैठकमा एमालेसहित राष्ट्रिय जनमोर्चा, मालेका सांसदहरु उठेर विरोध जारी राखेपछि संसद बैठक १७ गते शुक्रबार तीन बजेसम्मका लागि स्थगित भएको छ ।umlsamsad-1-1024x678