सत्तारुढ दल र मधेशी मोर्चावीचको वैठक सम्पन्न

0
17

प्रधानमन्त्री प्रचण्डले बालुवाटारमा बोलाएको सत्तारुढ दल र मधेशी मोर्चावीचको वैठक सकिएको छ । वैठकमा  प्रगति केही भएको छैन । दुवै पक्षले आ–आफ्ना कुरा राखेका छन् र सरकारले दर्ता गराएको संशोधन विद्येयकमा थप परिमार्जन गर्न सकिने विकल्पमाथि छलफल भएको छ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले संयुक्त मधेशी मोर्चाका नेताहरुलाई सरकारले संसदमा दर्ता गरेको संविधान संशोधन प्रस्तावको समर्थन  सँगै स्थानीय चुनावमा जाने प्रस्ताव गरेका छन् ।

तर, मोर्चका नेताहरुले अहिलेकै प्रस्तावमा चुनावमा जान नसकिने बताएका छन् । प्रधानमन्त्री प्रचण्डले बुधवार बसेको चार दलको वैठकमा पनि स्थानीय तहको चुनावमा जान प्रस्ताव गरेका थिए । हिजो बसेको मोर्चाको वैठकले सरकारले दर्ता गराएको विधेयकले उत्पीडित समुदायको मुद्दा सम्बोधन नहुने निष्कर्ष निकाल्दै मधेसी मोर्चाका नेताहरुले संविधान संशोधनले आफूहरुको निकै कम माग मात्र सम्बोधन भएको बताए । यसलाई थप परिर्मावन गर्नु पर्ने उनिहरुको माग रहेकोछ । मोर्चाले यथास्थितिमा सो विधेयक स्वीकार नगर्ने निर्णय गरे पछी सरकरले संयुक्त लोकतान्त्रिक मधेशी मोर्चालाई फकाउन कसर गरेको छ ।

प्रतिक्रिया दिनुहोस