नेपालले थाइल्यान्डविरुद्ध ६४ रन को लक्ष्य प्रस्तुत

0
18

थाइल्यान्डमा जारी एसिसी महिला एसिया कप टि–ट्वान्टी क्रिकेट प्रतियोगिताअन्तर्गत चौथो खेलमा नेपालले आयोजक थाइल्यान्डविरुद्ध ६४ रन को लक्ष्य प्रस्तुत गरेको छ ।

बैंककस्थित एसियन इन्स्टिच्युट अफ टेक्नोलोजीको खेल मैदानमा टस जितेर नेपालले पहिलो ब्याटिङ गरेको थियो ।

जारी प्रतियोगितामा यसअघि तीन खेल खेलेको नेपाल तीनै खेलमा पराजय भोग्दै अङ्क विहीन छ । नेपालले पहिलो खेलमा पाकिस्तानसँग नौ विकेटले पराजित भयो भने दोस्रो खेलमा श्रीलङ्कासँग आठ विकेटको लज्जास्पद हार बेहारेको थियो ।nepali-women-cricket

त्यतिबेला नेपालले जम्मा २३ रन मात्र जोडेको थियो, जुन नेपाली महिला क्रिकेट इतिहासकै अत्यन्त न्यून स्कोर हो । यसअघि सन् २०१४ को इन्चोन एसियाली खेलकुद प्रतियोगितामा नेपालले बङ्गलादेशविरुद्ध खेलमा २६ रन बनाएको थियो ।त्यसैगरी मङ्गलबार भएको खेलमा नेपाल बङ्गलादेशसँग ९२ रनले पराजित हुन पुग्यो  सन्तोषजनक नतिजा हात पार्न सकेन ।
प्रतियोगितामा आयोजक थाइल्यान्ड बाहेक नेपालको सबै प्रतिद्वन्द्वी पाकिस्तान, श्रीलङ्का, बङ्गलादेश र भारत टेस्ट राष्ट्र टोली हुन् । नेपालले अन्तिम खेल भारतसँग खेल्नेछ । लामो समयदेखि देशभित्र खेल्ने वातावरण पाउन नसकेको महिला टोलीले थाइल्यान्डमा थाइल्याण्डविरुद्धको खेललाई भने एसिया कपमा जित दर्ता गर्ने मौकाका रुपमा हेरेको छ ।

प्रतिक्रिया दिनुहोस