नेपाल सबै खेलमा पराजित

0
22
थाइल्याण्डको बैंककमा जारी एसिया कप महिला टी–२० क्रिकेटमा नेपाल थाइल्याण्डसंग पनि पराजित भएको छ। यसअघि पाकिस्तान, श्रीलंका र बंगलादेशसँग पराजित नेपाल थाईल्याण्डसँग ८ विकेटले पराजित भएको हो।
टस जितेर पहिले ब्याटीङ गरेको नेपालले १९.५ ओबरमा सबै विकेट गुामउँदै ६३ रन बनाएको थियो। नेपालकालागि ज्योती पाण्डेले सार्वाधिक १६ रन बनाएकी थिईन् भने सीता रानामगरले ९ रनको योगदान दिएकी थिईन्। nepali-women-cricket
नेपालले आफ्नो पारीमा कुल ३ चौका प्रहार गरेको थियो। नेपालकालागि ज्योती पाण्डे बाहेक कुनै पनि खेलाडीले दोहोरो अंकको ब्य्तिगत स्कोर बानउन सकेनन् । थाईल्याण्डकालागि सोरनारिन टिपोक र सुलिपोर्न लाओमीले २-२ विकेट लिएका थिए। जवाफमा ब्याटीङ गर्न ओर्लेको थाईल्याण्डले १६ ओभरमा ६५ रन बनाउँदै जीत हात पारेको छ। थाईल्याण्डकी सिरिन्त्रा साएंगसाकोरातले २७ रन बनाएकी थिईन् भने नट्टकन चंत्तमले २४ रनको योगदान गरेकी थिईन्। नेपालकालागि २  विकेट सरिता मगरले लिएकी थिईन्।

प्रतिक्रिया दिनुहोस