ज्योति लाइफ ल्यायो ज्योति केयर्स कार्ड,देश भरी सुबिधा प्रयोग गर्न पाईने

0
20

ज्योति लाइफ इन्स्योरेन्सले “ज्योति केयर्स” संचालनमा ल्याएको छ । इन्स्योरेन्सले जीवन बीमा सेवाको अतिरिक्त अन्य सेवा सुविधा विस्तार गरी ग्राहक सेवा केन्द्रीत योजना संचालन गर्ने क्रममा “ज्योति केयर्स” सेवा संचालनमा ल्याएको हो । आज कम्पनिको प्रधान कार्यालयमा पत्रकार सम्बेलन गरी उक्त सेवाको सुरुवात गरेको हो । कम्पनीका अध्यक्ष नन्द किशोर शर्माले उक्त सेवाको उद्घाटन गरेका छन् ।

कार्यक्रममा ज्योति केयर्सको अवधारणाच, कार्ड वितरण हुने मापदण्ड तथा कार्डबाहकले पाउने सेवा सुविधा ज्योति केयर्सको माध्यमबाट सुविधा प्रदान गर्न हालसम्म सम्झौता भएका साझेदार कम्पनीहरुको बारेमा जानकारी गराएको थियो ।

कम्पनीका अध्यक्ष शर्माले कम्पनीको अवस्था, व्यवसाय तथा कम्पनीको सुरुवातदेखि नै घातक रोग उपचार सुविधा लगायत नयाँ नयाँ विषेशता भएका बीमा योजनाहरु सार्वजनिक गर्दै बीमितहरुलाई सेवा प्रदान गर्दै आएको बताए ।

साथै, आगामी दिनमा पनि नयाँ नयाँ योजनाहरु मार्फत बीमितलाई बीमा सेवा प्रदान गर्ने कुराको जानकारी दिए । कार्डबाट देशभरका विभिन्न साझेदार संस्थाहरु( अस्पताल, होटल, एयरलायन्स, रिसोर्ट, सिनेमा हल लगायत अन्य साझेदार संस्था)मा विशेष छुट तथा प्रथामिकताको ब्यवस्था गरेको छ ।

त्यस्तै कार्यक्रममा कम्पनीका प्रमुख कार्यकारी उपप्रमुख प्रकाश विक्रम खत्रीले कम्पनी संचालनमा आएको २ वर्षभन्दा कम अवधिमै कम्पनीप्रति जनमानसबाट प्राप्त भएको विश्वासले गर्दा बीमा क्षेत्रमा छुट्टै पहिचान बनाउन सफल भएकाले ग्राहकको सुविधाका लागि यो सेवा ल्याएको जानकारी दिए । भविष्यमा पनि थप सुविधा प्रदान गर्ने प्रतिवद्धता व्यक्त गरे ।

प्रतिक्रिया दिनुहोस