कांग्रेसले बिर्सिएको वीपीको राष्ट्रिय मेलमिलाप राष्ट्रिय प्रजातन्त्र पार्टीको मार्गनिर्देशक

0
6

राष्ट्रिय प्रजातन्त्र पार्टीले वीपी कोइरालाको मेलमिलाको नीतिलाई पार्टीको मार्गनिर्देशक सिद्धान्त बनाएको छ । साथै उसले राजसंस्थालाई पनि स्पेश दिन माग गरेको छ ।

आइतबार सम्पन्न राप्रपाको केन्द्रीय समितिको विस्तारित बैठकले पृथ्वीनारायण शाहको उपदेश, तत्कालीन राजा महेन्द्र शाहको राष्ट्रवाद र वीपीको मेलमिलाप नीतिलाई पार्टीको मार्गनिर्देशक सिद्धान्तका रुपमा अंगिकार गर्ने निर्णय गरेको हो । राजा र जनताको बीचमा एकता हुनुपर्छ भन्ने वीपीको मेलमिलापको नीतिलाई कांग्रेसले बिर्सिएकाले राप्रपाले सम्झिनु पर्ने अध्यक्ष कमल थापा बताए । अध्यक्ष थापाले भने, ‘वीपीको राष्ट्रिय मेलमिलापको नीति राजा र जनताको बीचमा एकता हुनुपर्छ भन्ने थियो । क्रान्तीकारी भन्ने कांग्रेसले विपीको यो नीतिलाई बिर्सियो । हामीले पार्टीको मार्गनिर्देशक सिद्धान्तका रुपमा अंगिकार गर्ने निर्णय गरेका छौं ।’

राप्रजा अब राजसंस्थासहितको प्रजातन्त्रलाई मुल मुद्दा बनाएर जनतामा जाने उल्लेख गर्दै उनले भने, ‘लोकतन्त्रको कुनै विकल्प छैन तर, राजालाई पनि कुनै स्पेश दिनुपर्छ ।’ शनिवार सुरु भएको बैठकमा अध्यक्ष थापाले समसामयिक राजनीतिक परिस्थिति र राप्रपाको भावी कार्यदिशा सम्बन्धी राजनीतिक कार्यदिशा प्रस्तुत गरेका थिए, जुन परिमार्जन सहित पारित भएको छ ।राप्रपाले यसअघि राजसंस्थाका विषयमा जनमतसंग्रह गर्नुपर्नेसहित २२ बुँदे माग राखेर सरकारलाई ज्ञापनपत्र बुझाएको थियो । यसबारे कानुनमन्त्री भानुभक्त ढकाल र राप्रपाका प्रतिनिधिबीच एक चरणको वार्ता समेत भएको थियो । तर, आफ्ना मागहरु पुरा नभएको भन्दै राप्रपाले आफ्ना मागहरु पुरा नगरेर आन्दोलनका कार्यक्रम सार्वजनिक गर्ने चेतावनी पनि दिएको छ ।

राप्रपाले राप्रपाका अन्य घटकहरुलाई एकतामा आउन पनि आग्रह गरेको छ । ‘राप्रपाबाट विभाजित भई खडा भएको राप्रपा संयुक्तसँगको एकतालाई प्राथमिकता दिइनेछ । एकताका लागि आधार तय भएको थियो’ अध्यक्ष थापा भन्छन्, ‘एकताको ढोका खुला छ ।

प्रतिक्रिया दिनुहोस