ज्योति लाईफले ल्यायो नेपालमै पहिलोपटक सर्वाधिक ३५ घातक रोगहरु विरुद्ध आर्थिक सुरक्षा

0
414

ज्योति लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेड नेपालकै पहिलो र सर्वाधिक घातक रोगहरु विरुद्ध आर्थिक सुरक्षाको योजना ल्याएको छ । यो योजना सँगै कम्पनीले ३५ घातक रोग विरुद्ध उपचारको लागि ५० लाख रुपैयाँ सम्मको आर्थिक जोखिम सुरक्षा प्रदान गर्ने नेपालकै पहिलो र सर्वाधिक घातक रोगहरु विरुद्ध आर्थिक सुरक्षा दिने कम्पनी बनेको हो । कम्पनीका सेल्स प्रमुख फर्सुराम मरासिनीका अनुसार उक्त योजना कम्पनीले प्रचलनमा ल्याएको जीवन बीमा योजनाहरुसँग ऐच्छिक सुविधा स्वरुप लिई लाभ लिन सकिनेछ ।

यस योजना अन्तर्गत बीमालेख खरिद गर्ने कुनै पनि बीमितले आर्थिक अभावमा मृत्युवरण र उपचार खर्च वापत घरबार समाप्त हुने जोखिमको अन्त्य हुने विश्वास कम्पनीले लिएको छ । आज राजाधानीमा आयोजित पत्रकार भेटघाट मार्फत वरिष्ठ समाजसेवी, पर्यटन व्यवासायी, लेखक, क्यान्सर रोग विरुद्धका सामाजिक अभियन्ता कर्ण शाक्य, क्यान्सर रोग विशेषज्ञ तथा नेपाल क्यनान्सर हस्पिटल एण्ड रिसर्च सेण्टरका कार्यकारी अध्यक्ष सुदीप श्रेष्ठ, कम्पनीका व्यवसायिक सद्भावनादुत महानायक राजेश हमाल र कम्पनीका संचालक समिति अब्ध्यक्ष नन्द किशोरले उक्त बीमा योजनाको शुभारम्भ गरेका हुन्।

कार्यक्रममा बोल्दै कम्पनीका उपप्रमुख प्रकाश बिक्रमले उल्लेखित नयाँ बीमा योजनको आवश्यकता, विशेषता, नेपाली बीमा बजारमा घातक रोग विरुद्ध आर्थिक सुरक्षा लगायतका विषयमा प्रस्तुतिकरण दिँदै कुनै पनि नेपालीको भातक रोगको कारण समयमा उपचारको अभाबमा अकालमा हुने मृत्युबाट बचाउने र उपचार खर्चको बोझको कारण घरबार समाप्त भई भविष्यका सन्ततिहरुलाई समेत समस्या नपरोस भनेर कम्पनीले पूर्ण आर्थिक सुरक्षा सहितको योजना ल्याएको जानकारी दिए ।

कार्यक्रममा कर्ण शाक्य र सुदिप श्रेष्ठले क्यान्सर रोग र यसबाट मानिसको सामाजिक तथा आथिर्क जीवनमा पर्ने प्रभावको बारेमा भनाईहरु राखेका थिए ।

प्रतिक्रिया दिनुहोस