नेपालको पहिलो अनी आफ्नै भूउपग्रह प्रक्षेपण

0
10

नेपालको पहिलो भूउपग्रह प्रक्षेपण भएको छ । नेपालले पहिलो पटक आफ्नै भूउपग्रह प्रक्षेपण गरेको हो । जापानको ‘बर्ड–३’ परियोजनाअन्तर्गत अमेरिकाबाट बिहीबार बिहान २ः३१ बजे ‘नेपाली क्यूबसेट स्याट–१’ नामको भूउपग्रह प्रक्षेपण गरिएको हो ।

जापानको क्युसु विश्वविद्यालयले क्युसु इन्स्टिच्यूट अफ टेक्नोलोजी क्यूटेकबाट स्पेस टेक्नोलोजीमा इञ्‍जिनियरिङ गरिरहेका आभाष मास्के र इलेक्ट्रिकल इञ्‍जिनियरिङमा स्‍नातकोत्तर गरिरहेका हरिराम श्रेष्ठको पहलमा उक्त भूउपग्रह प्रक्षेपण गरिएको हो ।

उक्त भूउपग्रहमा नेपालको झण्डाका साथै नाष्टको प्रतीकचिह्न अंकित छ । नेपाली युवा बैज्ञानीकले बनाएको भूउपग्रह नेपालको आकाशमा दैनिक ५ देखि १० मिनेटसम्म रहने बताइएको छ । यसले देशका विभिन्न स्थानका तस्बिर संकलन तथा अभिलेखीकरण गर्नुका साथै यहाँको हिमाल, पहाड, तराई वन, पाखा, हिमनदीका बारेमा सूचना र जानकारी प्रवाह गर्नेछ । न्यानो अर्थात् निकै सानो आकारको नेपाली भू-उपग्रह निर्माणमा संलग्न जापानस्थित नेपाली वैज्ञानिक आभाष मास्केका अनुसार नेपालीस्याट-१ करिब एक किलो तौलको छ। सानै आकारको भए पनि नेपाली भू-उपग्रह प्रक्षेपण भएपछि विश्वभरि छरिएर रहेका नेपालीहरूले सामाजिक सञ्जालमा खुशी व्यक्त गरिरहेका छन्।

प्रतिक्रिया दिनुहोस