लगानी सम्मेलन आजदेखि, छैनन् सरकारी उच्च प्रतिनिधि

0
4

धेरैभन्दा धेरै विदेशी लगानी उठाउने उद्धेश्यले दुई दिने लगानी काठमाडौंमा हुँदैछ । दुई दिने लगानी सम्मेलनको राजधानीको सोल्टी होटलमा प्रधानमन्त्री केपी शर्मा ओलीले उद्घाटन गर्दैछन् ।

सरकारले लगानी सम्मेलनमार्फत ३० खर्ब रुपैंयाभन्दा बढी लगानी भित्रिने सरकारले अपेक्षा गरेको छ ।सम्मेलनमा स्वदेशी तथा विदेशी लगानीकर्ताहरु गरी १ हजार जनाको हाराहारीमा सहभागी हुने कार्यक्रम रहेको छ । विभिन्न ४० देशहरुबाट मात्रै ६ सयभन्दा बढी लगानीकर्ताको सम्मेलनमा सहभागीता हुँदैछ । सम्मेलनमा लगानीका लागि निजी क्षेत्रको तर्फबाट २७ समेत गरी सरकारले ७७ वटा परियोजनाहरु प्रस्ताव गरिँदैछ । उद्घाटन शत्र पछि हुने विषयगत शत्रहरुमा ती परियोजनाहरुमा लगानीका विषयमा छलफल हुने बोर्डले जनाएको छ ।

सम्मेलनको उद्घाटन शत्रमा प्रधानमन्त्रीका साथै अर्थमन्त्री डा. युवराज खतिवडाले मन्तव्य राख्नेछन् । बोर्डका उपाध्यक्षसमेत रहेका अर्थमन्त्री खतिवडाका साथै अर्को आकर्षक व्यक्तिको रुपमा उद्घाटन शत्रमा म्यानमारका मन्त्री रहेका छन् ।

म्यानमारका यूनियन मन्त्री उ ताउन टूनले सम्मेलनको उद्घाटन शत्रमा सम्बोधन गर्नेछन् । विश्व बैंकका उपाध्यक्ष हार्टविग सेफर, एशियाली विकास बैंकका उपाध्यक्ष शिक्षिन चेन, मेनहार्ड ग्रपका कार्यकारी अध्यक्ष शाहाद नासिम र दी मुथहोट ग्रुपका अध्यक्ष एमजी जर्ज मुथहोटले पनि उद्घाटन समारोहलाई सम्बोधन गर्नेछन् ।

किन छैनन् सरकारी उच्च प्रतिनिधि ?
सम्मेलनमा विदेशबाट आउने पाहुनाहरु सरकारका उच्च प्रतिनिधि छैनन् । यसअघिको सम्मेलनमा भारतका अर्थमन्त्री अरुण जेट्ली आएका थिए । तर यसपटक भारतमा कोही पनि भारतीय सरकारका उच्च प्रतिनिधि छैनन् ।

अर्को छिमेकी चीनले पनि दुई सय बढी प्रतिनिधि पठाए पनि सरकारी उच्च अधिकारी कोही पनि छैनन् ।हुनत यो प्रतिवद्धता सम्मेलन भएकाले यसमा त्यस देशका लगानीकर्ताहरु नै हुनुपर्नेमा जोड दिइएको छ । तर उनीहरुको आफ्नै सरकारले आश्वासन नदिई उनीहरुले नेपालमा कुन ग्यारेन्टीले लगानी गर्लान् भन्ने प्रश्न पनि उठ्ने गरेको छ ।

प्रतिक्रिया दिनुहोस