कालीगण्डकी पुल सात बर्ष देखी निर्माण अलपत्र

0
29

तीन बर्षमा काम सक्ने गरि सम्झौता गरेर काम थालिएको स्याङ्जाको कालिगण्डकी नदीका २ मोटरेबल पुल सात बर्षदेखी अलपत्र परेका छन् ।जुन पुलले काली गण्डकीका किनारमा रहेका दुई नगर चापाकोट र रामपुर त्यस्तै काली गण्डकी कारीडोर र काली गण्डकी राजामार्ग लाई जोड्ने काम गर्ने थियो भने भारत–चीन जोड्ने सबै भन्दा छोटो दुरिको मोटर बाटो समेत रहेको थियो । चापाकोट ८ र रामपुरनगरपालिका ६ पाल्पाजोड्ने दामाचौर पुल तथा चापाकोट ९ र रामपुर ६ जोड्ने निर्दिमघाट पुलसडक बिभागको पुल महाशाखाले तयार पारेको डिजाईन फेल हुदाँ निर्माण प्रक्रियासाँढे ७ बर्ष सम्म अलपत्र परेको हो । पाल्पास्थित सडक विभागले सुचना प्रकाशन गरेर एकै दिन सम्झौतागरि निर्माण थालनी भएका मोटरेबल पुलको निर्माण महाशाखाको डिजाईन फेल भएपछि निर्माणमा समस्या देखिएको हो । सडक बिभागको पुल महाशाखाले दामाचौर र निर्दिमघाट दुबै पुल निर्माण स्थलको माटो परिक्षण र डिजाईन गर्ने जिम्मा बिडीए नेपाल प्रालिलाई दिएको थियो ।

२०६८ साल असार २६ गते एम.एस.इलाईट एस.बिए. जेबीकपन काठमाडौले दामाचौर पुल र निर्दिमघाट पुल कन्काई-मिलिनीयम-नेपाल प्रगती जेभिले ३ बर्षमा काम सक्ने गरि सम्झौता गरेको थियो । वेल फाउण्डेस डिजाईनमा कामगर्ने गरि सडक डिभिजन कार्यालय पाल्पाबाट जिम्मा पाएका दुबै पुलको निर्माण कम्पनीले पहिलो चरणमा दुई छेउकापिलर निर्माण पश्चात नदीको मध्य भागमा पिलर बनाउने क्रममा डिजाइन अनुसार निर्माणको काम अगाडी नबढेपछि ७ बर्षबाट पुलबन्ने प्रक्रिया रोकिएको छ ।

साढे चार बर्ष पहिलाकाम सकेर सरकारलाई हस्तान्तरण गर्नु पर्नेमा काम नसकिदा आफु चिन्तीत भएको एम.एस.इलाईटका श्याम केसीले बताए । केसी भ्नछन “पुलनिर्माण भन्दापनि उम्किएर जानपाए राम्रो हुन्थ्यो। रड, सिमेन्ट, गिटी, बालुवा जस्ता धेरै सामाग्री बिग्रेर गए फुलनिर्माण पश्चात केही मुनाफा गर्ने अवस्था नै छैन”। दामाचौर पुल भ्याट बाहेक १५ करोड ६८ लाख १३ हजार २ सय ६६ रुपैयाँ ६० पैसामानिर्माण सक्ने गरि इलाईटले जिम्मालिएको हो । इलाईटले ६०-६० मिटरका तीन स्पाममा १ सय ८१ दशमलब ६९ मिटर लम्बाई रहेको पुलमा ४ पिल्लर राख्ने गरि एकै पटक कामथालेको थियो ।

यस्तै १ सय ५० मिटर लामो, तीन स्पाममा ४ पिलरको डिजाईन भएको निर्दिमघाट पुल १२ करोड ४८ लाख रुपैयाँमा पाल्पा सडकसँग कन्काई-मिलिनीयम-नेपालप्रगती जेभिलेसम्झौता गरेर कामलाई अगाडी बढाएको थियो । दुई छेउकापिलर र बिचको एक पिलर निर्माण पश्चात रोकिएको निर्दिमघाटको समस्या पनि दामाचौरको जस्तै हालतमा छ ।

प्रतिक्रिया दिनुहोस