किरियापुत्री भेट्न जाँदा मन्त्रीको घाँटीमा माला मोह, सस्कार कस्तो ?

0
19

किरियापुत्री भेट्न जाँदा नि माला मोहले नछोड्ने रहेछ कम्युनिस्ट नेतालाई घटना बिराटनगरको हो । किरियापुत्रलाई भेट्न जाँदा समेत घाटीमा सयपत्री फूलको माला लगाएर गएको तस्वीर सार्वजनिक भएपछि संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री लालबाबु पण्डितको धेरैले आलोचना गरेका छन् । पण्डित परोपकार अभियानको भवनमा आयोजित कार्यक्रममा सहभागी भएर मातृशोकमा रहेका नेकपा नेता महेश भट्टराईलाई सान्त्वना दिन उनकै घरमा पुगेका थिए । तर कहाँ जागा कसरी जाने भन्ने हेक्का सेमत नगरेका मन्त्री सयपत्री फूलको माला लगाएर विराटनगर– ३ स्थित भट्टराईको घर पुगेर केही समय बसेका पण्डितले हिँड्ने बेला सामूहिक तस्वीर खिचाएका थिए ।

एक साताअघि भट्टराईकी ८७ बर्षीया आमा पवित्रादेवीको निधन भएको थियो । मन्त्रीको एक छेउमा महेश र उनका दाजु छन् भने अर्काे छेउमा भने नेकपा केन्द्रीय सदस्य महेश रेग्मी उभिएका छन् । परोपकार घाट अवलोकनपछि परोपकार अभियानको भवनमा आयोजित कार्यक्रममा पुगेका मन्त्रीको टोली हतार हतारमा हिँड्दा माला खोल्नै बिर्सिएछ ।

प्रतिक्रिया दिनुहोस