रुजी फाउण्डेसन स्थापनाको घोषणा

0
37

गल्याङ नगरपालिका प्रमुख भुपराज अधिकारीले रुजी फाउण्डेसनको घोषणा गरेका छन् । प्रमुख अधिकारीले आईतबार आफ्ना माता स्वर्गीय रुकीकुमारी अधिकारीको १२औँ दिनको पुण्य तिथिमा रुजी फाउण्डेसको घोषणा गरेका हुन् । गल्याङ ८ करादी स्थित आफ्नै निवासमा फाउण्डेसनको घोषणा भएको हो ।नगर प्रमुखका स्वर्गीय माता रुकीकुमारी अधिकारी र पिता जितलाल अधिकारीको नामबाट रुजी फउण्डेसनको नामाकरण गरिएको लक्ष्मी टेलिभिजनका पत्रकार टिकाराम अचिकारीले हाम्रोसेरोफेरोलाई बताए । अधिकारीले ३ लाख ३३ हजार ३ सय ३३ रुपैयाको कोश बाट सुरु गरी माता रुकीकुमारी अधिकारीको ४५औँ दिनभित्र प्रकृया पुरागरी स्थापना गर्ने समेत उहाँले बताए ।

पिता स्व. जितलाल अधिकारीलाई बाल्यकालमै गुमाउनुभएको अधिकारीले माता रुकीकुमारीले नै मातापिता दुवैको दायित्व पुरा गर्नुभएको स्मरण गर्दै माताको १२औ दिनको पुण्यतिथिमा फाउण्डेसन घोषणा गरेको बताए । फाउण्डेसनले स्याङ्जा कार्यक्षेत्र बनाएर शिक्षा, स्वास्थ्य, साहित्य, पत्रकारितालगायतका विभिन्न क्षेत्रमा कार्य गर्नेछ । फाउण्डेसन स्थापनाका लागी समिति निर्माण गरी विधि र विधान अनुसार अगाडि बढ्ने समेत प्रमुख अधिकारीले हाम्रोसेरोफेरोलाई जानकारी दिए ।

फाउण्डेसको हालको रकम ३ लाख ३३ हजार ३ सय ३३ भएपनि अन्य दाताहरुको खोजी गरी फाउण्डेसनलाई विस्तार गरिनेछ । स्व. रुकीकुमारीको ११४ वर्षको उमेरमा यही फाल्गुन २२ गते निधन भएको थियो । अधिकारीको ३ छोरा र ५ छोरी मध्ये प्रमुख अधिकारी कान्छा छोरा हुन् ।

प्रतिक्रिया दिनुहोस