नेपाल महिला संघ स्याङ्जाले जिल्लाका ११ वटै तहमा संगठन विस्तार गर्ने

0
30

नेपाल महिला संघ जिल्ला कार्य समितिद्धारा बृहत भेला तथा अन्र्तक्रिया स्याङ्जाको हरिनास गाउँपालिका सम्पन्न भएको छ । संघिय लोकतान्त्रिक गणतान्त्रिक संविधान राज्यमा सबैको स्वतन्त्र पहिचान भन्ने नाराका साथ जिल्लाका ११ वटै तहमा गरिने भेलाले संगठन सुदृढिकरण गर्ने र संगठन विस्तार गर्ने छ ।भेला तथा अन्र्तक्रियामा बोल्दै नेपाल महिला संघकी जिल्ला अध्यक्ष कल्पना तिवारीले नेपाली कागे्रस लोकतन्त्रवादी पार्टी भएकाले पार्टीका भातृसंगठन र सुभेच्छुकहरु सबैको लोकतान्त्रिक विचार र भावना राख्नुपर्ने बताउनुभयो । साथै उहाँले पार्टीको विधान ठुलो भएको भन्दै विधानभित्र रहेर कार्यहरु गर्नुपर्ने र पार्टीलाई बलियो चलायमात्र बनाएर अगाडि बढ्नुपर्ने बताउनुभयो ।

कार्यक्रममा नेपाल महिला संघका जिल्ला उपाध्यक्ष देवि अर्याल, संघका जिल्ला सदस्य तथा भीरकोट नगरउपप्रमुख सिमा केसीकर्माचार्य, कागे्रस महासमिति सदस्य हिरादेवि शर्मा, महिला संघ जिल्ला सचिव तारा मल्ल, दरुणदलका गाउँसभापति मोहन थापा, कागे्रसका नेताद्धय टोपबहादुर भुजेल र ओम भट्ट, विष्णुमाया काफ्ले, सितादेवि डुम्रे, सिता गोदार, २ का अध्यक्ष सुनिता उच्चैलगायतले बोल्नुभएको थियोे । लिला थापाको अध्यक्षतामा सम्पन्न कार्यक्रममा स्वागत खिमाया थापा र सञ्चालन टेकमाया थापाले गर्नुभएको थियो । भेलाले खिमकुमारी थापाको अध्यक्षतामा २१ सदस्यीय नेपाल महिला संघ हरिनास गाउँपालिका कार्यसमिति गठन गेरको छ ।

प्रतिक्रिया दिनुहोस