विप्लवको बन्द आह्वानले शैक्षिक संस्थाहरु प्रभाब, पोखराको सभागृह चोक र बुटवलको कालिकानगरमा शंकास्पद बस्तु फेला

0
13

नेत्र विक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीले कपिलवस्तुको शिवराज ९ मा भएको घटना र देशका बिभिन्न स्थानबाट आफनो पार्टीका नेता कार्यकर्ता पक्राउको बिरोधमा बिहीबार आब्हान गरेको नेपाल बन्दको बिहानदेखि नै प्रभाव परेको छ । सरकारले विप्लव नेतृत्वको नेकपाका गतिबिधि माथि रोक लगाउने निणर्य गरेकाले बन्दमा विप्लवका कार्यकर्ताहरु सडकमा देखिएका छैनन । तर सार्बजनिक यातायात तथा उद्योग व्यवसाय बन्द भएका छन् । बिहानी सत्रमा चल्ने शिक्षण संस्था चलेका छैनन ।

बुटवलको कालिकानगरमा शंकास्पद बस्तु फेला परेको छ । बुटवल बेलहिया सडक खण्डको कालिका चोकमा डिभाईडर माथि कालो रङ्गको संकास्पद बस्तु भेटिएपछि सर्वसाधारण जनता त्रसित भएका छन् । सुरक्षाकर्मी सडकमा तैनाथ भएका छन् । बुटवल, भैरहवा, पाल्पा, अर्घाखाँची लगायतका स्थानबाट लामो छोटो दुरीमा चल्ने सार्बजनिक यातायात छुटेका छैनन् । मोटरसाईकलहरु भने चलेका छन् ।

यता पोखराको सभागृह चोकमा बिहीबार बिहानै शंकास्पद वस्तु फेला परेको छ । चोकमा भेटिएको शंकास्पद वस्तु बम भएको आशंकामा नेपाली सेनाको बम डिस्पोजल टोली घटनास्थल पुगेको छ । बिहीबार विप्लवले देशव्यापी बन्द गरेकाले त्यही समूहले राखेको हुनसक्ने अनुमान प्रहरीले गरेको छ । शंकास्पद वस्तु भेटिएपछि पोखराको सभागृह चोक वरपर त्रास फैलिएको छ ।

प्रतिक्रिया दिनुहोस